• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 30th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

बच्चालाई यौन शिक्षा कुन बेला दिने र कसरी ? 

December 5th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बच्चालाई यौन शिक्षा कुन बेला दिने र कसरी ? 

निर्मल थापा

बालबालिका जब राम्रोसँग बोलचाल गर्न सक्ने हुन्छन्, त्यति बेलादेखि नै उनीहरूमा पनि यौनसम्वन्धी कौतुहल बढ्न थाल्छ  प्रश्न गर्न थाल्छन, म कसरी जन्मेको, बच्चाहरु क्हाबाट जन्मन्छन र पेटमा बच्चा कसरी बस्छ ? यस्तो बेला जस्तो अभिभावकहरूले उत्तर दिन्छन् र व्यवहार गर्छन् त्यसैअनुसार उनीहरूको मनमा प्रभाव पर्दछ । त्यसैले उनीहरूको बौद्धिक विकासको लागि अभिभावकले सत्यतामा आधारित उत्तर दिनुपर्छ र सकारात्मक व्यवहार देखाउनु पर्दछ । नबुझिने, दिक्कलाग्दो र लामो व्याख्याभन्दा छोटो र सरल भाषाको प्रयोग गर्नु पर्दछ ।  हुर्कंदै गरेका बालबालिकाहरूले यौनाङ्गहरूको नाम थाहा पाउन थालेपछि यौनाङ्ग खेलाउन थाल्दछन् । बालबालिकालाई अभिभावकहरूले यौन शिक्षा दिने सुरुवातको समय पनि यही हो । यौनाङ्ग चलाइरहँदा फोहोरले संक्रमण हुन्छ भन्ने कुरामा विश्वस्त गराउन हितैषी व्यवहार बढी प्रभावकारी हुन्छ । यौन व्यवहारमा सकारात्मक विकास गर्न सबैभन्दा प्रभावकारी विधि स–साना कथाहरू बनाएर सुनाउँदा बिर्सिदैनन उनीहरूलाई जस्तै अभिभावकहरू तथा नाता छिमेकीहरूको बीचको यौन सम्बन्ध आदिको बारे भिन्नतामा स्पष्ट पार्नु पर्दछ ।

पूर्व यौवनावस्थामा दिइने यौन शिक्षा

यो अवस्थामा के गर्न हुन्छ, के गर्न हुँदैन भनेर बालबालिकाहरूले राम्रोसँग सिक्न सक्छन् । अरूसँग आफ्नो तुलना गरेर यौनाङ्ग र त्यसका कामका बारेमा बढी संवेदनशील हुन्छन् । यो उमेरका बालबालिकाहरूको खेल पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यौनसँग सम्बन्धित हुन्छन । यो सामान्य कुरा हो यस्तो अवस्थामा उनीहरूलाई जोखिमपूर्ण यौन सम्बन्धको बारेमा ज्ञान दिने वातावरण अभिभावकहरूले तयार गर्नुपर्छ । उनीहरूमा मनोवैज्ञानिक रूपले विकास भएको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गलत धारणा, रहस्य तथा डरहरूको निराकरण गर्ने उपर्युक्त समय पनि यही नै हो । किनकि यस्ता भ्रम, रहस्य र भयका कारण अभिभावकसँग कुरा नगर्न पनि सक्छन् । आफूले प्रयोग गरेका अन्डरवेयर, प्याड तथा ब्राहरू अभिभावकले देख्ने ठाउँबाट टाढा राख्नु त्यसको लक्षणहरू हुन् ।  केटीहरूको महिनावारीबारे केटाहरूले र केटाहरूको शारीरिक परिवर्तनको बारे केटीहरूले थाहा पाउनुपर्दछ । त्यसो भएमा उनीहरूलाई सुरक्षित यौन सम्बन्ध तथा प्रजनन स्वास्थ्यको बारेमा बुझ्न सजिलो पर्छ ।

यौवनावस्था

यौनावस्थाका बालबालिकाहरू आपूmभन्दा ठूला उमेरका बालबालिकाहरूसँग मिलेर खेल्न थाल्दछन् र यौनसम्बन्धी धेरै जानकारीहरू प्राप्त गर्दछन् र ती सबै राम्रा खालका हुन्छन् भन्न सकिँदैन । उनीहरूले जान्न खोजेको कुरा चाहिँ के हो ? अभिभावकहरूले पनि यसबारेमा राम्रोसँग बुझ्नुपर्छ । उनीहरूको चाहनालाई प्राथमिकता दिएर बाँकी अन्य यौन शिक्षाका कुराहरूलाई मैत्रीपूर्ण तरिकाबाट बताउनु पर्दछ । समाजको सांस्कृतिक तथा धार्मिक मान्यतालाई असर नपर्ने गरी सजिलो प्रश्नहरूको माध्यमबाट यौन जिज्ञासा सोध्न सकिन्छ ।

यौन शिक्षा एक दुई पटक दिँदैमा पूरा हुने पनि होइन । जतिबेला यौनका बारेमा कुराकानी गरिन्छ त्यस्तो बेलामा अभिभावकहरूले ध्यान दिनुपर्ने कुरा के हो भने प्रायः बालबालिकाहरूले यौनका विषयमा धेरै प्रश्न तथा जिज्ञासाहरू राख्दैनन्, त्यसैले उनीहरूको यौन भावना सबै थाहा पाउन उनीहरूका अन्य विषयका जिज्ञासा तथा प्रश्नहरूप्रति पनि सहानुभूति जनाउने र ध्यान दिएर सुनिदिने गर्नु पर्दछ ।  यो एउटा उरन्ठेउलो समय पनि हो । यो उमेरका बालबालिकाहरूले आफ्ना साथीभाइहरूसँग यौनउत्तेजित व्यवहार गर्दा अत्यन्तै आनन्द भएको ठान्दछन् । कतिपय बालबालिकाहरू ख्यालख्यालैमा यौन सम्पर्कमा पुगेका पनि हुन्छन् । त्यसैले अभिभावकले उनीहरूको जोखिम यौन व्यवहार र अप्ठ्याराहरूलाई हटाउन पनि मैत्रीपूर्ण व्यवहार गर्न जरुरी छ । जुन व्यवहारले आफ्ना यौन जिज्ञासा तथा समस्याहरू अभिभावकहरूसँग सधैं भन्न तयार होऊन् ।  पारिवारिक, सामाजिक, सांस्कृतिक, नैतिक दृष्टिकोण आदिसँग यौनका सम्बन्धहरूका बारेमा पनि बालबालिकाहरूलाई जिम्मेवारीका अनुभूति गराउनु पर्दछ । त्यसको लागि यौनको विषयमा खुलेर छलफल गर्ने वातावरण बनाउँदा मात्र उनीहरूको यौन व्यवहारमा सकारात्मक परिवर्तन आउन सक्छ । त्यस्तो वातावरण पाएका बालबालिकाले अभिभावकहरूबीचको यौन सम्बन्धको बारेमा पनि स्पष्ट हुन्छन् र त्यसलाई स्वाभाविक रूपमा स्वीकार्न तयार हुन्छन् ।

यौन स्वतन्त्रता तथा यौन अधिकार

यौन स्वतन्त्रता यौवनावस्थाका बालबालिकाको लागि धेरै महत्वपूर्ण कुरा हो भन्ने कुरा अभिभावकहरूले बुझ्नु पर्दछ किनकि प्रत्येक मान्छे आफ्नो लागि यौन स्वतन्त्रता चाहन्छ ।  यौनसम्वन्धी निर्णयहरू अभिभावकको नियन्त्रणमा नभएर आफ्नो निर्णयमा हुन दिनुलाई यौन स्वतन्त्रता भनिन्छ । अभिभावकको दायित्व असुरक्षित तथा अमर्यादित यौन व्यवहारबाट जोगिने र जिम्मेवारीपूर्ण निर्णय गर्ने क्षमता बढाउने नै हो । त्यसको लागि बालबालिकालाई अभिभावकले बिनापूर्वाग्रह यौन शिक्षा दिनुपर्छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article उपचारकैलागि रित्तिदै सुदूरपश्चिमका पहाडि बस्ती 
Next article नर्सिङमा सेवाभन्दा विदेश मोह

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134396
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web