• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मनिपालमा चिकित्सक र प्रहरीबीच झडप

April 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मनिपालमा चिकित्सक र प्रहरीबीच झडप

हेल्थ टुडे,

पोखरा, १९ चैत : पोखराको मनिपाल शिक्षण अस्पताल लामो समयदेखि प्रशासन र चिकित्सकबिच टकराव जारी छ । स्वास्थ्य सेवा पाउने थलो यतिबेला आन्दोलनले ग्रस्त छ । लामो समयदेखि विभिन्न माग राखेर चिकित्सक कर्मचारीहरुले आन्दोलन गर्दै आएका छन् । सोमबार मनिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । आन्दोकारी चिकित्सक र प्रहरीबीच झडप नै भएको हो । झडपमा १० जना घाइते भएका छन्  । घाइते हुनेमा ७ जना प्रहरी र ३ जना चिकित्सक कर्मचारी छन् । चिकित्सक कर्मचारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि भएको भीडन्तले अस्पताल तनावग्रस्त बन्यो । प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा २० आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख एसपी अशोक सिंहले बताए ।

घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनकारी र प्रहारबीचको भीडन्तले अस्पतालका सीसा, डिनको कार्यालय तोड्फोड भएको छ । मनिपालका कर्मचारीले ६ महिनायता तलब वृद्धि, विदा, स्थायी लगायतका माग राखेर आन्दोलन गर्दै आएका थिए । चिकित्सक कर्मचारीले हातमा कालो पट्टी बाँधेर काम गरिरहेका थिए भने प्रस्पताल प्रशासनमा धर्ना पनि दिँदै आएको थियो ।

चिकित्सक कर्मचारीको धर्नामा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनकारीले बताएका छन् । प्रहरीले स्वास्थ्य संस्थामा आन्दोलन गर्न ठिक नभएको बताएको र सेवाग्राहीले सेवा पाउनबाट बञ्चित हुन नदिने प्रयास गरेको एसपी सिंहले बताए । भीडन्तमा राजबहादुर घर्ती कर्णबहादुर केसी र अमर गुरुङ लगाएतका कर्मचारी घाइते भए । विपिन थापामगर, गोविन्दराज कोटी, गमबहादुर थापा, रुपलाल थापा, यमुनाराज कोटी, अन्जना घर्ती र तुलसा पोख्रेल घाइते भएका प्रहरी हुन् ।

तलवको १० प्रतिशत घरभाडा बापतको सुविधा दिनुपर्ने, खटिएका ईन्चार्जलाई इन्चार्जको छुट्टै भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चित विदाको १ सय ८० दिन (पूरै) विदा पाउनुपर्ने, अस्थायी र करारमा लामो समयदेखि कार्यरत कर्मचारीलाई स्थायी गराउनुपर्ने लगायतका माग कर्मचारीले राखेका छन् । आफ्ना माग पुरा नभएर आन्दोलन जारी रहने चिकित्सकहरुले बताउदै आएका छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अमेरिकनले किन गरे ट्रमा सेन्टरबाट हामफालेर आत्महत्या ?
Next article स्वास्थ्यमा व्यापक हेरफेर, विभागको निमित्त महानिर्देशकमा डा. लोहनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web