• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

August 31st, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको  रु.१ लाख ७५ हजार सहयोग

 

हेल्थ टुडे
काठमाडौं, १५ भदौ : नेपाल खाद्य, आयुर्वेदिक न्युट्रास्युटिकल तथा कस्मास्युटिकल समाज (फ्यानक्यान) ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ७५ हजार रुपैयाँ सहयोग गरेको छ।

फ्यानक्यानले उक्त रकम प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको हो। बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले उक्त रकम प्रदान गरेको फ्यानक्यानका अध्यक्ष सुरेन्द्र मानन्धरले जानकारी दिए।

अध्यक्ष मानन्धरका अनुसार विपद्को समयमा प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतका लागि सबै क्षेत्रबाट सहयोग र सहकार्य आवश्यक भएकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो।

फ्यानक्यानले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, बाढीका कारण विस्थापित भएका परिवारलाई आवश्यक राहत, स्वास्थ्य सेवा र पुनःस्थापनाका लागि सम्बन्धित निकाय तथा सरोकारवालालाई प्रभावकारी रूपमा परिचालन हुन आग्रह गरेको छ।

भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका बस्ती प्रभावित भएका छन् भने ठूलो संख्यामा नागरिक प्रभावित तथा बेपत्ता भएको जनाइएको छ। सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेपछि प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाको आवश्यकता थप बढेको छ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २५ वर्षपछि पनि यहीँ छ मेरो मन
Next article बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web