हेल्थ टुडे,
नुवाकोट, ११ भदौ : रसुवामा आएको बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि घाइतेलाई त्रिशुली अस्पताल ल्याउन कठिन भएको छ । यातायात सम्पर्क टुट्दा अस्पताल आसपासका क्षेत्रबाहेक टाढाका बिरामीलाई ल्याउन हेलिकोप्टरकै भर पर्नुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ।
त्रिशुली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार बुधबार १६ जना घाइते उपचारका लागि अस्पताल आएका थिए। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ। बिहीबार उद्धार गरी ल्याइएका २१ वर्षीय पुरुषको अवस्था पनि गम्भीर रहेको र सिटी स्क्यानसहित उपचार भइरहेको छ।
बाढीका कारण अस्पताल आसपास खानेपानी, विद्युत् र यातायात सेवा प्रभावित छन्। विशेषगरी विदुर–त्रिशूली सडक सम्पर्क तत्काल सहज बनाउनुपर्ने डा. लामाले बताएका छन्। ठूला पुल निर्माण गर्न समय लाग्ने भएकाले तत्कालका लागि पैदल तथा मोटरसाइकल आवतजावत गर्न मिल्ने अस्थायी बाटो वा पुल निर्माण गर्न सके घाइतेको उद्धार र उपचारमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ। प्रभावित क्षेत्रमा सुरक्षित खानेपानी, स्वास्थ्य सेवा र सरसफाइको व्यवस्था गर्न पनि उनले सरकारसँग आग्रह गरेका छन्।







Leave a Reply