• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

अत्यधिक थकान ‘क्रोनिक फटिग’ को संकेत

April 27th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अत्यधिक थकान ‘क्रोनिक फटिग’ को संकेत

हेल्थ टुडे,

काठमाडौं, १४ बैशाखः कामको दौरान होस् वा गर्मीको कारण थकानको अनुभव सबैलाई हुन्छ । आराम गरेपछि या सुतेपछि थकाई मेटिन्छ । तर जब सुत्दा या आराम गर्दा पनि थकाई मेटिंदैंन भने तपाईलाई ‘क्रोनिक फटिग’ नामक रोग लागेको हुन सक्छ । यो रोगमा बिरामीले सधैं आलस्य महसुस गर्छ । आलस्यताले उसको मानसिक, शारीरिक या सामाजिक स्तरमा असर पर्छ ।
व्यस्त दिनचर्या, खराब जीवनशैली, बिरामी, अनियमित र असन्तुलित खानपान, भाइरल इन्फेक्सन अथवा बायोसाइकोलोजिकल कारणबाट आलस्यता र थकान महसुस हुन सक्छ । यस्तो अवस्थामा दिनचर्या बदल्नु, दैनिक व्यायम गर्नु, मनोवैज्ञानिकको सल्लाह लिनु, र सोही अनुरुप औषधि सेवन गर्नु राम्रो मानिन्छ । साथै शरिरलाई आवश्यक अनुसार दैनिक ६ देखी ८ घण्टा नियमित राम्रोसंग निद्रा पु¥याउनाले समस्या काफी हदसम्म ठीक हुन्छ । बढी आलस्यताले केही गम्भीर रोगको संकेत गर्छ ।

मुटुको रोग

अनुसन्धान अनुसार हृदयाघातको ७० प्रतिशत मामिलामा केही हप्ता पहिले देखि नै असामान्य थकान अनुभव हुन थाल्छ । पुरुषको तुलनामा महिलामा यो लक्षण बढी देखिन्छ । यसको रोकथामका लागि धूमपान र मदिराबाट टाढै रहने, सन्तुलित आहार लिने र ३० देखि ६० मिनेटसम्म एरोबिक एक्सरसाइज गर्ने गर्नुपर्छ । यसका साथै, कोलेस्टेरोल, ब्लड प्रेसर, सुगर, लिपिड प्रोफाइल, इसीजी, टीएमटी परीक्षण र एन्जिओग्राम गराउनुपर्छ । यदि श्वास फुल्छ या कब्जियतको समस्या छ भने डाक्टरको सल्लाहमा सीटी स्क्यान या इकोकार्डियोग्राम गराउनु पर्छ ।
थाइराइड
अधवैंशे उमेरका मानिसहरुमा खासगरी न्यून थाइराइडको समस्या बढी हुन्छ । थाइराइड ग्ल्याण्ड टी ४ र टी ३ जस्ता हार्मोन बनाउँछ र यो उमेरमा यो प्रक्रिया सुस्त हुन्छ । त्यसैले यस्तो उमेरमा तौल बढ्ने, कब्जियत, छालामा रुखोपन वा कपाल झर्ने समस्या हुन्छ ।
यस्तो समस्या हुँदा थाइराइड प्रोफाइल (टी ३, टी ४, टीएसएच), थाइराइड एन्टीबडी, थाइराइड स्क्यान गराउनुपर्छ । टीएसएच थाइराइड बढाउने हर्मोन हो । हाइ टीएसएच या लो टी ४ को अर्थ हो क्रोनिक हाइपोथाइराइड, यदि टीएसएच उच्च छ र टी ४ नर्मल छ भने पनि हाइपोथाइराइड हुन सक्छ ।
कलेजोको समस्या
लगातार थकान महसुस हुन्छ भने कलेजोमा समस्या पनि हुन सक्छ । रगत लिँदा, कोकिन या त्यस्तै प्रकारका लागू औषध लिने मानिसमा हेपाटाइटिस सी हुने सम्भावना हुन सक्छ । यस्ता बिरामीलाई हल्का ज्वरो आउने, भोक नलाग्ने, शरीरमा पीडा हुने या रुघा लाग्नेजस्ता लक्षण देखिन्छन् । यस्तो अवस्थामा लिभर फङसन टेस्ट गराउनुपर्छ ।
एनिमिया
आइरनको कमीमा पनि शरीरमा आलस्यपना आउन सक्छ । सामान्य अवस्थामा महिलामा महिनावारीमा, गर्भ रहेका बेला वा स्तनपान गराएका बेला आइरनको कमी हुन्छ । यसमा छालाको रंग पहेलों हुन्छ । चिडचिडाहट र आलस्य हुन्छ र सुगरको स्तर पनि घट्छ । यद्यपि सुगरको लेभल डाइबिटिजमा पनि घटबढ हुन्छ । यस्तो अवस्थामा हिमोग्राम, हेमोग्लोबिन टेष्ट, ब्लड काउन्ट, सेरम आइरन, आइरन बाइन्डिङ जस्ता परीक्षण गराउन सकिन्छ र डाक्टरको सल्लाह अनुसार औषधी लिनु प्रभावकारी मानिन्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दाङ जिल्ला औलो रोगको जोखिममा
Next article ४९ स्वास्थ्य संस्था स्थानीय तहलाई हस्तान्तरण

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132702
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web