• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ज्येष्ठ नागरिकलाई भत्ता र निःशुल्क स्वास्थ्य परीक्षण शुरु

June 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ज्येष्ठ नागरिकलाई भत्ता र निःशुल्क स्वास्थ्य परीक्षण शुरु

काठमाडौँ, २१ जेठः काठमाडौँ महानगरपालिकाले आइतबार देखि पुनः ज्येष्ठ नागरिकलाई माहानगर भत्ता र निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ । कामपाले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कार्यालयमा आउन सक्नेलाई आफ्नै कार्यालयमा र आउन नसक्नेलाई घरमै गएर स्वास्थ्य परीक्षण गर्ने गरी काम शुरु गरेको हो । झन्डै एक वर्षअघि जनप्रतिनिधिको आगमनसँगै कामपाले ८८ वर्ष माथिका ज्येष्ठ नागरिकलाई मात्र उक्त सेवा दिएकोमा यस वर्षदेखि सेवामा विस्तार गरेको हो ।
महानगरले ७५ वर्ष उमेर पूरा भएका महिला र ८० वर्ष उमेर पूरा भएका पुरुषका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा र महानगर भत्तावापत् वार्षिक रु १२ हजार प्रदान गरिने पनि महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो ।
हाल महानगरमा उक्त उमेर समूहका करिब छ हजार ९२२ नागरिक रहेको प्राररम्भिक अनुमान गरिएको छ । कार्यक्रममा सहभागी ज्येष्ठ नगरिकको स्वास्थ्य परीक्षण गर्दै चिकित्सा विज्ञान तथा राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले स्वास्थ्य परीक्षण सेवाको शुभारम्भ गर्नुभएको हो ।
काठमाडौँ महानगरमा बसोबास गर्ने कुनै पनि ज्येष्ठ नागरिकले रकम अभावमा रोग लुकाएर बस्नु नपरोस् भनेर ज्येष्ठ नागरिकको घरमै उपचार गर्ने व्यवस्था गरिएको महानगरको जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
बिहान १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क सेवा उपलब्ध गराइनेछ । ल्याव परीक्षण, निःशुल्क औषधि लगायतको सेवा उपलब्ध गराइने छ । ज्येष्ठ नागरिकको घरमा जाने डाक्टरलाई मेडिकल उपकरण सहितको झोला, बिरामी जाँचको पूर्जा दिएर पठाइने महानगरको योजना छ । स्वास्थ्यकर्मीको टोलीमा एक चिकित्सक सहित चार जना हुनेछन् । स्वास्थ्य परीक्षणका लागि दैनिक २० वटा समूह परिचालित हुनेछ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article १०७ जना बिरामिको दन्त परिक्षण
Next article गर्मीका कारण ज्वारो र झाडापखालाका बिरामी बढे

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web