• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रत्येक आइतबार निःशुल्क स्वास्थ्य परीक्षण

July 30th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रत्येक आइतबार निःशुल्क स्वास्थ्य परीक्षण

लमजुङ, १४ साउनः जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण सहितको सेवा प्रवाह गर्न थालेको छ । प्रत्येक आइतबार कार्यालयमा आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श सेवा शुरु गरेको हो ।
प्रत्येक नागरिक आफ्नो स्वास्थ्यप्रति सचेत हुनुपर्छ, भन्ने सचेतना अभिबृद्धिका लागि यस्तो व्यवस्था गरिएको प्रशासन कार्यालयका सहायक प्रजिअ काजीमान सुनारले बताउनुभयो ।
नागरिक अझैपनि आफ्नो स्वास्थ्यबारे खासै ख्याल गर्दैनन, त्यसैले केही नभए पनि समय सापेक्ष स्वास्थ्य परीक्षण गरिनुपर्छ, भन्ने सन्देश दिनका लागि यो अभियान शुरु गरेको बताउनुहुन्छ सहायक प्रजिअ सुनार ।
प्रत्येक आइतबार दिउँसो तीन घण्टा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । प्रशासनमा आएका सेवाग्राहीको रक्तचाप, चिनीरोग, मुटुको धड्कन लगायतको निःशुल्क परीक्षणका साथै परामर्श सेवा उपलब्ध गराएको छ ।
स्वास्थ्य परीक्षणको क्रममा कमजोरी तथा बिरामी भेटिएमा सेवाग्राहीलाई निःशुल्क औषधि पनि दिने व्यवस्था गरिएको छ । परीक्षणकै क्रममा अन्य ठूलो समस्या भेटिएमा सम्बन्धित अस्पताल पुग्न परामर्श दिने गरेको प्रशासनले जनाएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षणका लागि जनस्वास्थ्य कार्यालयले चिकित्सकसहित दुईजना सहयोगी उपलब्ध गराएको छ । कार्यालयले केही सामान्य समस्याको औषधि र प्राथामिक उपचारको सामाग्री पनि उपलब्ध गराएको छ ।
निःशुल्क स्वास्थ्य परीक्षण सेवा शुरु भएपछि सेवाग्राहीले लाम बसेर पनि स्वास्थ्य परीक्षण गर्दै आएका छन् । निःशुल्क स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्शले थप लाभान्वित भएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपालमा पहिलोपटक भित्रियो गुणस्तर मापन प्रविधि
Next article पुरुषको तुलनामा महिला रक्तदाता बढ्न सकेन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

15
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web