• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्रामिण भेगका महिलामा आङ खस्ने समस्या जटिल बन्दै

September 9th, 2018 समाचार, स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्रामिण भेगका महिलामा आङ खस्ने समस्या जटिल बन्दै

पदमराज जोशी,

नेपालगञ्ज, २४ भदौः बर्दिया सानोश्री की ३६ वर्षाया रामकली चौधरीको पाठेघर झिकिएपछि उनलाई पहिले जस्तो काम गर्न सहज छैन । तल्लो पेट दुख्ने, सेतो पानी आउने र शरीर शिथिल हुने अवस्था भए पनि कसैलाई भनिन् । उनले पछि मानत्र थाहा पाएन उनको पाठेघर बिग्रिसकेको रहेछ ।
विशेषतः ग्रामीण भेगका महिला आफ्नो भित्री स्वास्थ्य अवस्था खतराको सङ्केत भन्दा माथि पुगेपछि बल्ल अरुलाई भन्ने गरिन्छ । परिवारमा पुरुषको तुलनामा निर्णय तहमा पकड नहुँदा ग्रामीण क्षेत्रका महिला स्वास्थ्य समस्याबाट बढी प्रभावित हुने गरेका छन् । महिलालाई अन्य स्वास्थ्य समस्याभन्दा प्रजनन स्वास्थ्य समस्याले अझ बढी गाँजेको पाइन्छ ।
प्रदेश ५, प्रदेश ७ र कर्णाली प्रदेशको हुम्ला, जुम्ला, बाँके, बर्दिया कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, रोल्पा, रुकुम दाङ लगायत जिल्लाका सुदूर क्षेत्रमा बसोवास गर्ने महिलाले प्रजनन स्वास्थ्यमा भोग्दै आएका समस्यामध्ये आङ खस्ने समस्या सबैभन्दा बढी पाइने गरेको छ ।
कामको बोझ, मानसिक तनाव, सरसफाइमा कमी, उमेर नपुग्दै बिहे गर्नु र असुरक्षितरुपमा सुत्केरी गराउने कारणले पनि महिलामा पाठेघर समस्या जटिल हँुदै गएको बताउनुहुन्छ नेपालगञ्ज भेरी अञ्चल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कल्पना थापा ।
डा थापाका अनुसार गाउँघरतिर छिटोछिटो बच्चा जन्माउनु, सुर्तीजन्य अम्मल प्रयोग गर्नु, पोषणयुक्त खानामा ध्यान नदिनु र महिलाप्रति परिवारको व्यवहार मैत्रीपूर्ण नहुनुका कारण पनि यो समस्या झागिँदै गएको हो ।
नेपालगञ्ज स्थित भेरी अञ्चल अस्पतालमा पाठेघर जाँच गराउन आउनु भएकी चार सन्तानकी आमा रुकुमकी ३५ वर्षीया मनसरी बूढाको दुःखेसो गर्दै भन्नुहुन्छ, काममा दिनभरि खटिनुपर्छ, समयमा खान पाइँदैन, मेलापात पनि गर्नुपर्छ, त्यसैले आफ्नो स्वास्थ्यको विषयमा ध्यान दिने समय नै हँुदैन ।
केही समय अघि यस भेगका विभिन्न ग्रामीण क्षेत्रमा सञ्चालन गरिएका स्वास्थ्य शिविरमा उपचारका लागि आएका महिला मध्ये अधिकांशमा पाठेघरको समस्या अधिक थियो ।
शिविर, स्वास्थ्य चौकी र अस्पतालमा उपचारका लागि आउने महिला मध्ये एक चौथाइ महिलाको पाठेघर जटिल अवस्थामा पुगिसकेको हुन्छ, शल्यक्रिया गर्नु बाहेक अन्य उपचार सम्भव हँुदैन, प्रमुख जनस्वास्थ्य प्रशासक खिमबहादुर खड्काले बताउनुभयो ।
विशेषतः ग्रामीण भेगका पछाडि पारिएका दलित, मधेशी, मुस्लिम र सीमान्तकृत समुदायका महिलामा यो समस्या बढी देखिएको छ । कम उमेरमा विवाह हुनु, घरमै बच्चा जन्माउनु, गर्भावस्थामा पोषिलो खानेकुरा खान नपाउनु, सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनु र अत्यधिक कामको बोझमा परेका महिलामा आङ खस्ने समस्या बढी देखिने गरेको जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ ।
यो अवस्थामा सुधार ल्याउन सरकारले जिल्ला जिल्लामा महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व, आमा सुरक्षा, पूर्व गर्भवती स्याहार, आइरन चक्की, पोषणयुक्त खाना वितरण लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
घरमा बच्चा जन्माउँदा पाठेघर खस्ने लगायतका जटिल स्वास्थ्य समस्या कम गर्न विशेषतः ग्रामीण भेगका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर (सुत्केरी गराउने केन्द्र) निर्माणको अभियान शुरु गरिएको छ ।
प्रमुख जनस्वास्थ्य प्रशासक खड्का पाठेघर खस्ने समस्यालाई समाधान गर्ने हो भने महिलाको स्वास्थ्य, शिक्षा तथा सामाजिक र आर्थिक सशक्तीकरणलाई स्वास्थ्य कार्यक्रमसँग जोड्नु नितान्त आवश्यक रहेको बताउनुहुन्छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अधिकांश दरबन्दी खाली–अस्पतालमा चिकित्सकको अभाव
Next article बाँकेका बाढीपीडितमा स्वास्थ्य समस्या

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

Leave a Reply Cancel reply

Timeline
Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133115
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web