• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेशनल बाथ सेन्टरले मनायो  छैटौ बार्षिकोत्सव

June 5th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेशनल बाथ सेन्टरले मनायो  छैटौ बार्षिकोत्सव

हेल्थ टुडे,

काठमाडौं, २२ जेठ :  नेशनल बाथ सेन्टर रातोपुल छैटौ वर्षमा प्रवेश गरेको छ । सेन्टरले बुधबार  छैटौ बार्षिकोत्सवको आयोजना गरेको छ । बार्षिकोत्सव कार्यक्रममा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बाथ रोगका क्षेत्रमा अझै गहन अध्ययन आवश्यक रहेको बताए । बाथ रोगका क्षेत्रमा पछिल्ला वर्ष नेशनल बाथरोग सेन्टरले उत्साहप्रद काम गरिरहेकोमा खुशी व्यक्त गर्दै मन्त्री पोखरेलले सेन्टरले उपचार सेवासँगै बाथ रोगका क्षेत्रमा अनुसन्धान र जनचेतनाको काम पनि संगै लैजानुपर्ने आवश्यकतामा जोड दिए । उनले भने, उपचार दिएर मात्र पुग्दैन । उपचारसँगै बाथरोगका क्षेत्रमा गहन अनुसन्धान र शिक्षाको पनि उत्तिकै खाचो छ । स्वास्थ्य क्षेत्रमा प्रसस्त जनशक्ति भए पनि उनीहरुले अनुसन्धानलाई महत्व नदिएकाले अनुसन्धानमा अहिले पनि विदेशीको भर पर्नु परिरहेको औल्याउदै पूर्व स्वास्थ्य मन्त्री समेत रहेका मन्त्री पोखरेलले जागिरे मन्स्थितिबाट माथि उठेर अनुसन्धानमा लाग्नु पर्ने सुझाव दिए ।

सेन्टरका वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित बैद्यले पछिल्लो एक दशकमा बाथ रोगको उपचारमा धेरै प्रगति भएको जानकारी दिदै सेन्टरले गुणस्तरीय सेवा प्रदान गरिरहेको बताए । सेन्टरका प्रवन्ध निर्देशक रोषन कक्षपतिले बाथ रोगको उपचारमा भरपर्दो उपचार केन्द्रका रुपमा सेन्टरलाई विकास गर्न लागिपरेको बताए । नेशनल बाथ सेन्टरले अहिले रातोपुलका अलावा जावलाखेल, टेखापुखु, पोखरा र झापामा समेत साखा खोलेर उपचार सेवा प्रदान गरिरहेको छ । कार्यक्रममा समाजसेवाका विभिन्न विधामा उल्लेखनिय कार्यगर्ने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदूरपश्चिम प्रदेशमा अझै कुष्ठरोग निवारण भएनः प्रति दश हजार जनसङ्ख्यामा एक जना कुष्ठरोगी
Next article मेडिकल कलेज सञ्चालकद्वारा शुल्क बढाउन दबाब,सम्बन्धन खारेज गर्न निर्देशन दिने सांसदको चेतावनी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133138
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web