• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बिरामीको चाप बढेपछि अस्पतालको सेवा विस्तार गर्न माग

August 6th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बिरामीको चाप बढेपछि अस्पतालको सेवा विस्तार गर्न माग

हेल्थ टुडे,
चितवन,२१ साउनः अस्पतालमा विरामीको अत्यधिक चाप बढ्न थालेपछि त्यस अनुसारको पूर्वाधार नहुँदा उपचारमा समस्या भएको भरतपुर अस्पतालले जनाएको छ । उपचारका लागि भरतपुर अस्पतालमा आउने बिरामीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको भईरहेको छ । सीमित स्रोतसाधनमा धेरै बिरामीलाई उपचार गर्नुपर्ने बाध्यतासँगै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा सेवा विस्तारका लागि बजेट माग गरेको छ ।

गतवर्ष केन्द्रीयस्तरको अस्पतालको मान्यता पाएर पनि बजेट नपाएको भरतपुर अस्पतालले रु २४ करोड बराबरको बजेट निकासा गर्न र दरबन्दी थपका लागि प्रक्रिया अघि बढाउन माग गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार बिरामीको चाप निकै बढेपछि उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेट गरी अस्पतालको समग्र अवस्थाको बारेमा जानकारी गराइएको छ । मन्त्री यादवले केन्द्रीय अस्पताल भएकाले तत्काल सेवा विस्तारका लागि आवश्यक वजेट विनियोजन गरी अख्तियारी दिने आश्वासन दिएको तिवारीले जानकारी दिए । यस्तै, अर्गनाइजेसन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्वे गरेर दरबन्दी थप गरिदिन पनि मन्त्रालयसंग माग गरिएको छ ।

भरतपुर अस्पतालमा अल्ट्रासाउण्ड दुई थान, पूर्ण डिजिटल एक्सरे एक थान, शिशु सघन उपचार कक्ष र सघन उपचार कक्षमा दुई÷दुई वटा भेन्टिलेटर थप गर्न माग गरिएको छ । यस्तै, सुत्केरी र आकस्मिक कक्ष छुट्टै बनाउन बजेट प्रस्ताव गरिएको छ । चिकित्सकका लागि हाल भएको आवास जीर्ण भएकाले नयाँ भवन निर्माणका लागि प्रस्ताव पेश गरेको छ । यस्तै एक महीनादेखि १४ वर्ष सम्मका बालबालिकाको उपचार गर्ने शिशु सघन उपचार कक्ष र आकस्मिक कक्षका लागि छुट्टै प्रयोगशाला निर्माणका लागि बजेट माग गरिएको छ ।

भरतपुर अस्पतालमा भएका चिकित्सकहरुले दैनिक ८० देखि एक सय जना बिरामी हेर्नु परिरहेको छ । बिरामीको चाप हेर्दा हालको दरबन्दी भन्दा दोब्बर चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक पर्ने देखिन्छ । अहिले अस्पतालमा ७७ जना विशेषज्ञ चिकित्सक र ३१ जना मेडिकल अधिकृत कार्यरत रहेका छन् ।

अस्पतालमा प्रसूति सेवा लिन र गर्भवती जाँचका लागि आउने दुवै खालका बिरामी बढिरहेको छ । दैनिक ४० जना हाराहारी बच्चा भरतपुर अस्पतालमा जन्मने गर्दछन् । जसको २५ प्रतिशत भन्दा बढीलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ । विसं २०१३ मा एउटा छाप्रोको १५ श्ययाबाट शुरु भएको भरतपुर अस्पताल केन्द्रीय बनेसँगै ५०० श्ययाको अनुमति पाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य उपचारको लागि प्रधानमन्त्री ओली सिंगापुर जाँदै
Next article धरानमा डेंगुको संक्रमणः हालसम्म ४ हजार जना संक्रमित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131999
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web