• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. बास्कोटाको नाममा बि एण्ड बिमा खुल्यो आर्थोस्कोपी सेन्टर

August 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. बास्कोटाको नाममा बि एण्ड बिमा खुल्यो आर्थोस्कोपी सेन्टर

हेल्थ टुडे,

ललितपुर, १ भदौ  : ख्याती प्राप्त वरिष्ठ हाडजोर्नी बिशेषज्ञ एवं बि एण्ड बि अस्पतालका सस्थापक प्रा.डा. अशोककुमार बास्कोटाको नाममा बि एण्ड बि अस्पताल ग्वार्कोमा एकेबी सेन्टर फर आर्थोस्कोपी, स्पोर्टस इन्जुरी तथा रिजेनेरेटिभ मेडिसिन सेन्टर स्थापना गरिएको छ । अस्पतालको चौथो तलामा स्थापना गरिएको सेन्टरको आईतबार एक समारोहबिच बि एण्ड बि अस्पतालका संस्थापकद्वय डा. बास्कोटा र वरिष्ठ युरोलोजिस्ट प्रा. डा. जगदीशलाल वैद्यले रिबन काटेर उद्घाटन गरेका हुन । यस सेन्टरको प्रमुख उद्देश्य आर्थोस्कोपी, स्पोर्टस इन्जुरी तथा रिजेनेरेटिभ मेडिसिनमा अत्याधुनिक सेवा प्रदान गर्ने रहेको अस्पतालले जनाएको छ । उक्त सेवा प्रदान गर्नका लागि छुट्टै चिकित्सकहरुको समूह बनाई सेवा प्रदान गर्ने योजना अन्तरगत डा. इश्वर प्रधान, डा. अमित जोशी, डा. नागमणी सिंह तथा डा. बिबेक बाशुकलाको समूहले सेवा प्रदान गर्ने छ ।

आर्थोस्कोपी भनेको शरीरको कुनै पनि जोर्नीमा सानो प्वाल पारेर त्यस प्वालको माध्यमबाट दुर्बिन छिराई जोर्नीको जाच तथा उपचार गर्ने प्रविधि हो । डा. जोशीका अनुसार नेपालमा कुम र घुडाको आर्थोस्कोपी बिस्तारै बढ्दै गएको भए पनि कुहिनो, नाडी, तिघ्राको जार्नी र गोलीगाठो जोर्नीको आर्थोस्कोपी भने औलामा गन्न सकिने ठाउँमा मात्र भइरहेको छ । नेपालमा हालसम्म सानासाना जोर्नी र मांशपेसीहरुको आर्थोस्कोपीको सुविधा नभएकाले सेन्टरले भविश्यमा यी भागहरुको पनि आर्थोस्कोपी गर्ने योजना गरेको डा. जोशीले जानकारी दिए । आमजनमानसमा स्पोर्ट्स इन्जुरी भन्नाले खेलकुदसम्बन्धि चोटपटक मात्र भन्ने धारणा रहेकोछ । तर बिगत ५ बर्षको अनुभव तथा यस बिएण्डबि अस्पतालमा गरेको अध्ययन अनुसार अस्पतालमा आउने बिरामीहरुमध्ये धेरैजसोलाई खेल बाहेक अन्य कारण लेलिगामेन्टहरुमा चोटलागेको पाइएकोछ । दुर्घटनामा परि, हात खुट्टा मर्केर, दैनिक ब्यायामको समयमा चोट लागेर जोर्नी अस्वाभाविक रुपमा ठाउंबाट सर्दा लिगामेन्टमा समस्या देखिनेहरुको संख्या उल्लेखनीय रहेको एक अध्ययनमा पाइएकोछ ।

बिरामीहरुको सहजताको लागि बिएण्डबि अस्पताल अन्तर्गत यस सेन्टरमा विशेषज्ञ तथाअनुभवी चिकित्सकहरुको समूह बनाई एउटै छाना मुनि सबैजोर्नी तथा मांशपेशीहरुको रोगको निदान गर्ने यस सेन्टरको मुख्य ध्येय रहेको प्रा. डा.बाँस्कोटाले बताए । भविष्यमा यस केन्द्रलाई सर्वशुलभ तथा समयसापेक्ष आधुनिकीकरण गराउदै लैजाने जानकारी प्रा. डा. बास्कोटाले दिए ।

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीमा पनि देखियो डेंगुको संक्रमण
Next article स्वास्थ्यका कर्मचारी समायोजनले पूर्णता पाउन अझै समय लाग्ने,७ हजारले मात्र बुझे समायोजनपत्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132297
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web