• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

July 15th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे

मिर्गौला उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा आउने विरामीलाई विभिन्न बहानामा निजी क्षेत्रको सबैभन्दा महंगो ग्राण्डि अन्तर्राष्ट्रिय अस्पतालमा लगेर पैसा असुल्ने गरेको आरोप लागेका सरकारी अस्पतालका डाक्टरहरुको नेतृत्वमा निजी क्षेत्रमा पहिलो पटक ग्राण्डीमा मिर्गौला प्रत्यारोपण सुरु भएको छ ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकले निजीमा प्रत्यारोपण गर्दा सरकारीका विरामी निजीमा लगेर मोटो रकम असुल्ने परिपाटी रोक्न सरकारले सरकारी अस्पताल बाहेक अहिलेसम्म निजी अस्पताललाई मिर्गौला प्रत्यारोपण गर्ने अनुमती दिन मानेको थिएन । ग्राण्डीले केही दिन पहिले बिभिन्न प्रलोभनमा पारेर स्वास्थ्य मन्त्रालयबाट प्रत्यारोपणको अनुमती लिएको मन्त्रालयका अधिकारीले बताएकाछन् । त्रिवि शिक्षण अस्पतालमा कार्यरत मिर्गौला प्रत्यारोपणविज्ञ डा.प्रेम ज्ञवाली र नेफ्रोलोजिस्ट डा.दिव्यासिहको नेतृत्वमा ग्राण्डीमा मिर्गौला प्रत्यारोपण सुरु भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत यी दुबै चिकित्सक ग्राण्डी अस्पताल स्थापनादेखि नै त्यहाँ कार्यरत छन् । यही असार २७ गतेदेखि ग्राण्डीले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको अस्पतालका कार्यकारी निर्देशक डा.चक्रराज पाण्डेले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । अस्पतालले पहिलो पटक काठमाडौंका रविन लामाको मिर्गौला प्रत्यारोपण गरेको उनले बताए ।

नेपालमा अहिलेसम्म सरकारी अस्पतालहरु त्रिवि शिक्षण अस्पताल, बीर अस्पताल र भक्तपुर स्थित मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध थियो । तिन वटै सरकारी अस्पतालहरुमा गरि करिव साडे ५ सयको मिर्गौला प्रत्यारोपण भएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध
Next article गगन थापाले गरे स्वास्थ्यमा पद बहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133228
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

34
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web