• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

March 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्याथोलोजिस्ट एसोसिएसनमा डा.शैलेश

 

क्लिनिकल प्याथोलोजिस्टहरुको छाता संगठन ‘एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिस्ट्स अफ नेपाल’ एसिपिएनको अध्यक्षमा वरिष्ठ प्याथोलोजिस्ट डा.शैलेस प्रधान निर्वाचित भएका छन् । डा. प्रधान काठमाडौं मेडिकल कलेज प्याथालोजी विभागका  प्रमुख र नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य हुन् ।

राजधानीमा शनिबार सम्पन्न भएको एसिपिएनको नवौं राष्ट्रिय अधिवेशनले डा.प्रधानको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा डा. रुना झा, महासचिवमा डा. सुजन शर्मा, सहसचिवमा डा. राकेश पाठक र कोषाध्यक्षमा डा. करिष्मा मल्ल चुनिएका छन् । त्यसैगरि कार्यसमितिको सदस्यहरुमा डा. विदुर वस्ती, डा. निहारिका शाह, डा. रोजन घिमिरे, डा. श्रीया श्रीवास्तव, डा. रेखा मानन्धर र डा. सुमिदा तिवारी रहेका छन् । नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई एसिपिएनका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले अबिर र माला गलाईदिएर सम्मान गरेका थिए ।

निर्वाचित कार्यसमितिको सम्मानमा केमिकल एण्ड मेडिकल सर्जिकल इक्युप्मेन्ट सप्लायर्सको संस्था केम्सानले शनिबार गरेको सम्मान कार्यक्रममा एसिपिएनका निवर्तमान अध्यक्ष डा. गोपी अर्यालले नयाँ कार्यसमितिलाई आफ्नो पूर्ण साथ रहने जनाउदै अंकोलोजिस्ट र रेडियोलोजिस्टबिच समुन्यय गरि अगाडि बढ्न सुझाउ दिए । केम्सनका अध्यक्ष भक्त हमालले नेपाल आयात भइरहेका केमिकल र सर्जिकल उपकरणको गुणस्तर मापन र दर्ता गर्ने कानून नभएकाले समस्या देखिने गरेको बताउदै सरकारले तत्काल नीति बनाएर लागु गर्नु पर्ने माग गरे । संस्थाका संस्थापक डा. हरिगोविन्द श्रेष्ठले प्याथोलोजीले जनताको स्वास्थ्य उपचारसंग प्रत्यक्ष सरोकार राख्ने भएका यसको विकासले जनताले गुणस्तरीय उपचार पाउने बताए ।

एसिपिएनका नव निर्वाचित अध्यक्ष डा. प्रधानले आफ्नो कार्यकालमा सबैपक्षलाई मिलाएर अगाडि बढ्ने दृढता व्यक्त गरे । सन् १९९० मा स्थापना भएको एसिपिएनमा देशभरिका दुई सयभन्दा बढी प्याथालोजिस्ट सदस्य छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सार्क प्याथोलोजिस्ट सम्मेलन राजधानीमा सुरु
Next article डा. भण्डारीलाई सफाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132127
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web