• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फेरि जीवनजलको उत्पादन सुरू

May 7th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फेरि जीवनजलको उत्पादन सुरू

 
सरकारी स्वामित्वको नेपाल औषधि उद्योग लिमिटेडले औषधि उत्पादन सुरू गरेको छ । आइतबारदेखि जीवनजल उत्पादन सुरू गरेको नेपाल औषधि उद्योग लिमिटेडका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने ‘छिट्टै नै ट्याब्लेट औषधिको पनि उत्पादन थालिने छ ।’ पुनः उत्पादन थाल्नको लागि अर्थमन्त्रालयले केहि महिनाअघि यस उद्योगलाई ६ करोड ४८ लाख रकम उपलब्ध गराएको छ ।

यस वर्षका लागि १२ करोड रकम दिनेभनेपनि उत्पादन नथाली बसेको हुँदा अर्थमन्त्रालयले ६ करोड मात्रै रकम दिएको थियो । ट्याब्लेट बनाउने मेसिन ल्याएसँगै सिटामोलको उत्पादन थालिने श्रेष्ठले जानकारी दिए । साथैे पहिलो चरणमा सरकारले देशभर निशुल्क रुपमा उपलब्ध गराएकामध्ये ८ प्रकारका औषधि समेत उत्पादन गर्ने तयारी छ । सरकारले ७ वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालनमा ल्याएको हो । ०६७ सालदेखि पूर्ण रुपमा बन्द भएको थियो ।

लामो समयसम्म उद्योग बन्द रहँदा लिमिटेड अहिले ऋणमा छ । सरकारको पूर्ण स्वामित्वमा सञ्चालित उद्योग निजी कम्पनीसँग प्रतिस्पर्धामा जान नसकेर ०५८ देखि घाटामा सञ्चालन हुँदै आएको थियो । साथै विगतमा सरकारमा रहेका उद्योगलाई दलहरुले कार्यकर्ता भर्ती केन्द्रको बनाएका थिए  । जसका कारण पनि यो उद्योग माथि उठ्न सकेको थिएन । बन्द हुनुअघिसम्म उद्योगले एक सय ५० प्रकारका औषधी उत्पादन गर्दै आएको थियो । यस उद्योगमा अहिले ९० जनाजति कर्मचारी कार्यरत छन् ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा.रञ्जिताको सपना , दाँतको छुट्टै अस्पताल
Next article अब सर्जिकल उपकरणको पनि खुद्रा मूल्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web