• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गगनको विरोधमा औषधि आयात ठप्प हुने

May 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गगनको विरोधमा औषधि आयात ठप्प हुने

स्वास्थ्य मन्त्री गगन थापाले औषधि आयात सम्बन्धि गरेका पछिल्ला निर्णय र औषधि आयातकर्ताहरुलाई लगाएको आक्षेपका विरुद्घ नेपाल औषधि आयातकर्ता संघले जेठ ८ गतेदेखि अत्यावश्यक औषधिको आयात ठप्प पार्ने बताएका छन् । मन्त्री थापाले आयातकर्ताहरुले औषधिमा २२ सय प्रतिसतसम्म मुनाफा लिइरहेको भन्ने भ्रमक र आधारहिन तथ्यांक आफ्नो निजी समाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भन्दै औषधि आयातकर्ताहरुले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरि त्यसको विरोध जनाएका हुन् ।

मन्त्री थापाले बैसाख २६ गते आफ्नो निजी वेभ पेजमा मन्त्रालयले गठन गरेको कार्यदलको सुझाव अनुरुप स्वदेशी औषधिको उत्पादनलाई प्रोत्साहन गर्ने कार्ययोजना पारित भइ कार्यान्वयनमा लैजाने निर्णय भएको र आयात हुने कतिपय औषधिमा ४०० प्रतिसत देखि २२०० प्रतिसतसम्म मुनाफा नियन्त्रणका समस्या समाधान मन्त्रिपरिषदमा पेश भई यसलाई नियमन गर्न समिति गठन भएको सूचना सार्वजनिक गरेका थिए । औषधिको मुल्य तोकेर जनतालाई सस्तोमा गुणस्तरीय औषधि उपलब्ध गराउने काममा भन्दा सस्तो लोकप्रियताका लागि आयातकर्ताहरुलाई आधारहिन आक्षेप लगाएर ३५ प्रकारका औषधि आयातमा रोक लगाउने निर्णय गरेकोले बाध्य भएर अत्यावश्यक औषधि आयात बन्द गर्नेसम्मका विरोधको कार्यक्रम गर्नु परेको संघका अध्यक्ष अन्जन पुडासैनीले बताए । आफुहरुले सरकारले तोकेकै मापदण्डमा सर्वसुलभ मूल्यमा औषधि आयात गर्दैआइरहेको दाबी गर्दै आयात गरिने औषधिमा २२ सय प्रतिसत मुनाफा हुने तथ्यहिन भनाई पुष्टि गर्न मन्त्री थापालाई उनले चुनौति दिए । पुडासैनीले भने, ‘ आफु सेलिब्रेटी हुनका लागि आधारहिन र हल्का कुरा गरेर सेवामुखी व्यवसायलाई आक्षेप लगाउने अधिकार मन्त्रीलाई छैन । कुन औषधिमा २२ सय प्रतिसत नाफा हुन्छ प्रष्ट पार्नु पर्छ । ’ कच्चा पदार्थदेखि औषधि प्याकिङ गर्ने बट्टासम्म विदेशबाट आयात गरेर औषधि उत्पादन गर्ने स्वदेशी औषधि उद्योगको भन्दा आफुहरुले गुणस्तरीय औषधि कम मुल्यमा उपलब्ध गराइरहेको अवस्थामा आफुहरुलाई बदनाम गरेर केही व्यापारीको हितमा मन्त्री थापाले काम गरेको उनले दाबी गरे । पत्रकार सम्मेलनमा संघका महासचिव पवन आचार्यले सरकार परिवर्तन हुने बेलामा मन्त्री थापाले केही स्वदेशी औषधि उद्योगीहरुको चंगुलामा फसेर हतारमा मन्त्रीपरिषद्मा ठाडो प्रस्ताव लगेर ३५ प्रकारका औषधि आयातमा निषेध लगाउन खोजेर जनतामाथि गद्दारी गरेको आरोप लगाए । उनले भने,‘ विश्व व्यपार संगठनको सदस्य भएको हैसियतले समेत गुणस्तरीय औषधिलाई प्रतिस्पर्धात्मक बजारमा रोक लगाउन पाइदैन् । सस्तोमा गुणस्तरीय औषधि पाउनु जनताको अधिकार हो । ’ मन्त्री थापालाई म्यादी मन्त्रीको संज्ञा दिदै आचार्यले सरकार परिवर्तन हुने संघारमा विश्व स्वास्थ्य संगठनको बैठकमा भाग लिन जेनेभा जाने भन्दै हतारमा यस्तो निर्णय गराउनु गैरकानूनी भएको आचार्यले बताए । नेपाली कम्पनीहरुले स्वदेशमा खपत हुने कुल औषधिको ४० प्रतिसत हिस्सा उत्पादन गर्ने दाबी गर्ने गरेका भए पनि अत्यावश्यक औषधि ( इन्जेक्टेबल ड्रग ) विदेशबाटै आयात भइरहेको अवस्था छ । अत्यावश्यक औषधि आयात बन्द भएपछि औषधि अभावका कारण गम्भिर प्रकारका विरामीको उपचारमा पर्ने समस्याको जिम्मा मन्त्री थापाले लिनु पर्ने संघका उपाध्यक्ष शम्भु कार्कीले बताए । संघले विरोध स्वरुप बैसाख २९ गते औषधि व्यवस्था विभागमा मुखमा कालोपट्टी बाधेर ज्ञापनपत्र बुझाउने, जेठ २ गते धर्ना दिने, जेठ ७ गते बिलिङ बन्द गर्ने र माग पुरा नभए ८ गते आयात ठप्प पार्ने जनाएको छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब सर्जिकल उपकरणको पनि खुद्रा मूल्य
Next article भोटर लिस्टमा नाम नदेखेपछि चकित भए डा.बराल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132583
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web