• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

के खाने, कहिले खाने र कसरी खाने ?

November 24th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के खाने, कहिले खाने र कसरी खाने ?

डा.ललितकुमार मिश्र

राम्रो स्वास्थ्यको लागि सधैं सकारात्मक सोच राख्नुको साथै मौसमअनुसारको ताजा फलफूल, हरियो सागपात, गेडागुडी, दूध, दही, अन्डा, माछा, मासुको सेवन उचित मात्रामा गर्नु पर्दछ । चिकित्सकहरूले पनि आफ्ना बिरामीलाई रोगअनुसारको खानेकुराको  सल्लाह दिन्छन् नै । घरका ठूलाबडाले पनि यस प्रकारको शिक्षा आफ्ना छोराछोरी तथा नातिनातिनीलाई दिने गर्दछन् । कुरो ठीकै हो । अवस्था फरक छ, उहिले फलफूल, हरियो सागसब्जीलगायतका सबै चीजहरू मौसमअनुसार फल्ने फुल्ने गर्दथ्यो ।

मानिसहरू सिजनअनुसारको फलफूल, सागसब्जी खान्थे र हृष्टपुष्ट, स्वास्थ्य र दीर्घजीवी हुन्थे । तर, अचेल त वर्षैभरि सबै किसिमका फलफूलहरू हरियो तरकारी, गाउँघरमा लाग्ने सानो हाटबजारदेखि लिएर ठूलाठूला सहरका मल (सपिङ सेन्टर)हरूमा आकर्षक प्याकेजिङमा उपलब्ध हुन्छन् । मानिसहरू यिनै किनेर खाइरहेका छन् । यसका बाबजुद पनि मानिसमा धेरैजसो स्वास्थ्यसम्बन्धी समस्या हुनु अचेल सामान्य कुरो भइसकेको छ । यहाँ प्रश्न उठ्छ, के यी फलफूलहरू, हरियो सागसब्जी, दूध, दही, अन्डा, माछा, मासुमा पर्याप्त मात्रामा पोषकतत्व छ त ? के यी चिजहरू वास्तवमा तपाईंको परिवारको स्वास्थ्यको लागि पोषणयुक्त छ ? अचेल बढी उत्पादन एवं धेरै दिनसम्म बजारमा ताजा बनाई राख्नका लागि किसान वा थोक व्यापारीहरूले बढी मात्रामा रासायनिक मल, पेस्टिसाइडस् (कीटनाशक) एवं हार्मोन्सको इन्जेक्सनको प्रयोग गर्दछन् । मानिसमा विभिन्न प्रकारका स्वास्थ्यसम्बन्धी समस्याहरू पनि सोही रफ्तारमा बढिरहेको छ । भारतको  चित्तरञ्जन नेसनल क्यान्सर इन्स्टिच्युटले हालसालै गरेको एक अध्ययन रिपोर्टमा भनिएको छ, प्रायः गरी सागसब्जीहरूमा प्रयोग गरिने इन्सेक्टिसाइट र पेस्टिसाइड्सको अंश यी बजारमा बिक्री गर्न ल्याइने हरियो तरकारीहरूमा रहिरहन्छ ।

यसको सेवनले तमाम दूरगामी खालका रक्तविकार, नसासम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी रोग एवं महिलामा प्रजननसम्बन्धी रोग हुने सम्भावना बढी हुन्छ । जस्तै, थकान महसुस हुनु, पसिना बढी आउनु, टाउको दुख्नु, रिंंगटा लाग्नु, हातखुट्टा झम्झमाउनु, मांसपेशीमा ऐठान हुनु, शरीरको तौल घट्नु, भोक नलाग्नु, निद्रामा कमी आउनु तथा महिलामा गर्भपतन हुनु आदिजस्ता यस रोगका लक्षणहरू हुन् । यसै प्रकार कोलकाता विश्वविद्यालय कृषि विभागले प्रकाशन गरेको एक रिपोर्टअनुसार सागसब्जीहरूमा लिड, निकिल, केडमियमजस्ता तत्वहरू बढी भएकोले अनेक प्रकारको पाचनसम्बन्धी रोग देखा पर्दछन् । जस्तै, पेट दुख्नु, पखाला लाग्नु, आऊँ (रगतमासी) हुनु आदि । यस प्रकार पेस्टिसाइड्सको दुष्प्रभावले गर्दा क्यान्सर, शारीरिक विकाससम्बन्धी रोग, बिकलांग बच्चा जन्मिनु या गर्भावस्थामा रोग लाग्ने सम्भावना बढिरहन्छ । व्यापारको दृष्टिले फर्म हाउसमा सागसब्जी वा फलफूलहरूको बढी उत्पादनको चाहनामा तथा मलखादको खर्चमा कटौती अथवा बचत गर्नको लागि बोटबिरुवामा आक्सिटोक्सिन (ग्रोथहार्मोन्स, चाँडै बढ्नको लागि दिइने इन्जेक्सन) को प्रयोग बढेको छ । जस्तै, भान्टा, लौका तथा गाईभैंसीलाई दूध बढी दिने सुई, कुखुराको मासुको तौल बढाउन, माछाको भुराको तौल चाँडै बढाउन प्रयोगमा ल्याइने हार्मोन्स प्रयोगबाट यसरी अस्वाभाविक रूपमा उत्पादन भएका सागसब्जी, फलफूल, तरकारीहरूलाई बढी समयसम्म ताजा बनाइराख्नको लागि टिन (जस्ता) या मेटलको पन्नीमा ¥यापगरी राख्ने गर्नाले (खाद्यपदार्थ) अझ संक्रमिक हुन सक्छ ।

यस्तो खाद्य पदार्थको सेवन लामो समयसम्म गर्नाले व्यक्तिको मृत्यु पनि हुन सक्छ । यस प्रकार समयभन्दा पूर्व काँचो फलफूलहरू केरा, आँपलाई पकाउनको लागि केल्सियम कार्बाइडमा राखिन्छ । काँचो आँप कार्बाइडनामक रसायनमा राख्नाले २४ घन्टामै आँप पाक्दछ । यदि कार्बाइडको मात्रा कम हुन गयो भने  फलको बोक्राको रङ बदलिन्छ । तर, भित्रबाट फल काँचो नै रहन्छ । यदि रसायनको मात्रा बढी हुन गयो भने फल त पाक्दछ तर बेस्वाद र विषाक्त हुन्छ । राम्ररी नपकाइकन खाएको सागसब्जीहरूको सेवनले इससिरयाकोलाई, कलास्ट्रिडम, बेसिलेस सेलभनेला, लिस्टेरियानामक कीटाणुहरूको संक्रमण हुनाले पनि यस्ता रोग लाग्ने सम्भावना रहन्छ ।

यस्ता खानेकुराबाट छालासम्बन्धी समस्या, क्यान्सर, अजीर्ण (अपच) पेटमा ग्यास भरिनु, पेटमा दर्द, पेट बट्टारिनु, बान्ता हुनु, पखाला लाग्नु, रिंगटा लाग्नु, छालासम्बन्धी रोग र क्यान्सर आदिजस्ता रोगका लक्षणहरू उपभोक्तामा देखिन सक्छन् । यसबाट बच्नको लागि एउटैमात्र उपाय भनेको, सिजनअनुसारको सागसब्जी, फलफूल खाने हो । सकभर अर्गानिक सागसब्जी र फलफूलको सेवन गर्ने बानी बसालौं । हाटबजारबाट किनेर ल्याएको फलफूल या सागसब्जीलाई केहीबेर हल्का तातोपानीमा कम्तीमा ३० मिनेट जति डुबाएर राख्नुपर्छ । त्यसपछि राम्रोसँग धोइपखाली राम्रोसँग पकाएर खानुपर्छ । खाना खानु अगाडि र खाना खाइसकेपछि राम्रोसँग साबुनपानीले हात धुनुपर्छ । खाद्य पदार्थको विषाक्तता (फुडपोइजन) बाट हुने रोगहरूमा रोगीको अवस्था र लक्षणहरूको  आधारमा निम्नलिखित केही होमियोप्याथिक औषधिहरू प्रयोग गर्न सकिन्छ । आर्सेनिकएलबम, पोडोफाइलम, चाइना, बेलाडोना, एलोज, एलियमसिपा, कार्बोभेज आदि । यी औषधिहरू आफ्नो नजिकको योग्य तथा अनुभवी होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिएर प्रयोग गर्नाले लाभदायक हुन्छ ।

अन्त्यमा खान सबैले जानेको हुन्छ, तर के खाने ? कहिले खाने र कसरी खाने ? भन्ने कुरा धेरैले जानेका हुँदैनन् । खानपिनमा नै हाम्रो स्वास्थ्य निर्भर छ ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अल्का अस्पतालका कुमारको रामकहानी 
Next article बंगालादेशमा एमबिबिएस पढ्न रोक

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133312
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web