हेल्थ टुडे,
गर्भ नरहोस र यौन रोगहरुबाट बच्न सकियोस भन्ने हेतुले प्राय मानिसहरुले यौन सम्पर्कको बेला कण्डमको प्रयोग गर्ने गर्दछन् । यदि यौन सम्पर्क गर्ने बेला जानी नजानी कण्डम फुटन गयो भने यौन सर्ने सम्भावना पनि त्यतिकै हुन्छ भने गर्भधारण हुन सक्ने सम्भावना पनि त्यतिकै हुन्छ । आफ्नो जोडीसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने जो काही लाई पनि तनावको बिषय बन्ने गर्छ । त्यसमा पनि अपरिचितसँग यौनसम्पर्क गरेको बेला कण्डम फूटेमा कैयन् आशंका जन्मिन सक्छन् । कतिपय बेला योजना अनुसार बच्चा जन्माउन खोजिएको बेला यस्तो समस्याले थप चिन्ता बढाउन सक्छ । विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ ।
खास गरी कण्डम फुटने समस्या युवा अवस्थामा बढी हुने गर्छ किनकी यौन सम्पर्कको लागी तयार हुने तर कण्डम प्रयोगको ज्ञान नहादा यसो हुने गर्दछ । युवा अवस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा जानकार हुँदैनौ ं।
कण्डम फुट्नबाट जोगिन कण्डमको गुणस्तरीयता र सही ढंगले प्रयोग गर्न जान्नु पर्छ । खासगरी कण्डमको टुप्पोमा हावा रहन गएमा फुट्ने सम्भावना बढी हुन्छ ।
यदि कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ । यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ ।
यौनकर्मी महिला तथा अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्दा कण्डम फुट्यो भने केही समय भित्रै एचआइभीको परीक्षण गर्नु पर्दछ । यदि एचआइभी देखिएन तर तपाईले यौनसम्पर्क राखेको व्यक्तिमा एचआइभी हुनसक्ने या भएको खण्डमा तत्कालै प्रोफाइल्याक्सिस नामक औषधी सेवन गर्नुपर्दछ । यसले एचआइभीको संक्रमण हुन दिँदैन । वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ । त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भ्निरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ । यसका साथै यौनांग वरिपरि चिलाउने या घाउ खटिरा आएमा तत्कालै यौनरोगको पहिचान गरी उपचार गर्नुपर्दछ । अनिच्छित गर्भ रहन नदिन चिकित्सकको सल्लाहमा गर्भ रहन नदिने औषधी सेवन गर्न सकिन्छ ।
Leave a Reply