• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

यौन सम्पर्क गर्दा कण्डम फुट्यो ! के गर्ने ?

November 26th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यौन सम्पर्क गर्दा कण्डम फुट्यो ! के गर्ने ?

हेल्थ टुडे,

गर्भ नरहोस र यौन रोगहरुबाट बच्न सकियोस भन्ने हेतुले प्राय मानिसहरुले यौन सम्पर्कको बेला कण्डमको प्रयोग गर्ने गर्दछन् । यदि यौन सम्पर्क गर्ने बेला जानी नजानी कण्डम फुटन गयो भने यौन सर्ने सम्भावना पनि त्यतिकै हुन्छ भने गर्भधारण हुन सक्ने सम्भावना पनि त्यतिकै हुन्छ । आफ्नो जोडीसँग गर्भ निरोधकका लागि या अपरिचितसँग यौनसम्पर्क गर्दा कण्डम प्रयोग गर्नुभएको बेला फुट्यो भने जो काही लाई पनि तनावको बिषय बन्ने गर्छ । त्यसमा पनि अपरिचितसँग यौनसम्पर्क गरेको बेला कण्डम फूटेमा कैयन् आशंका जन्मिन सक्छन् । कतिपय बेला योजना अनुसार बच्चा जन्माउन खोजिएको बेला यस्तो समस्याले थप चिन्ता बढाउन सक्छ । विवाहपूर्व यौनसम्पर्क भएर गर्भ रहँदा त्यस्तो गर्भ अनियोजित मात्र हुने होइन, अनिच्छित पनि हुन्छ र अनेक समस्या सिर्जना हुनसक्छ ।
खास गरी कण्डम फुटने समस्या युवा अवस्थामा बढी हुने गर्छ किनकी यौन सम्पर्कको लागी तयार हुने तर कण्डम प्रयोगको ज्ञान नहादा यसो हुने गर्दछ । युवा अवस्थामा यौन इच्छा एकदमै तीव्र हुने भए पनि यौनसम्पर्क र त्यसका असरका लागि हामी पूर्णरूपमा जानकार हुँदैनौ ं।
कण्डम फुट्नबाट जोगिन कण्डमको गुणस्तरीयता र सही ढंगले प्रयोग गर्न जान्नु पर्छ । खासगरी कण्डमको टुप्पोमा हावा रहन गएमा फुट्ने सम्भावना बढी हुन्छ ।

यदि कन्डम फुटेको थाहा भए पनि अत्तालिनु हुँदैन, शान्त रहने प्रयास गर्नुपर्छ जसले सही निर्णय गर्न सहयोग गर्छ । यौनसम्पर्क गर्दागर्दै वीर्य स्खलन हुनुभन्दा पहिले नै कन्डम फुटे यौनसम्पर्कलाई तुरुन्त रोकेर लिङ्ग निकाल्नुपर्छ र नयाँ कन्डम लगाएर मात्र यौनसम्पर्कलाई निरन्तरता दिनुपर्छ ।

यौनकर्मी महिला तथा अपरिचित व्यक्तिसँग यौनसम्पर्क गर्दा कण्डम फुट्यो भने केही समय भित्रै एचआइभीको परीक्षण गर्नु पर्दछ । यदि एचआइभी देखिएन तर तपाईले यौनसम्पर्क राखेको व्यक्तिमा एचआइभी हुनसक्ने या भएको खण्डमा तत्कालै प्रोफाइल्याक्सिस नामक औषधी सेवन गर्नुपर्दछ । यसले एचआइभीको संक्रमण हुन दिँदैन । वीर्य स्खलन भैसकेको भए, सावधानीपूर्वक लिङ्गलाई बाहिर झिक्नुपर्छ । त्यसपछि लिङ्ग तथा त्यसको वरिपरिको क्षेत्र साबुन तथा मनतातो पानीले राम्रोसँग पखाल्नुपर्छ । कन्डम फुटेको घटनाको सम्भावित असरका बारेमा आफ्नो जोडीसँग विस्तृत कुराकानी गर्नुपर्छ । आवश्यक लागे आकस्मिक गर्भ्निरोधको उपाय अपनाउनु उपयुक्त हुन्छ । यसका साथै यौनांग वरिपरि चिलाउने या घाउ खटिरा आएमा तत्कालै यौनरोगको पहिचान गरी उपचार गर्नुपर्दछ । अनिच्छित गर्भ रहन नदिन चिकित्सकको सल्लाहमा गर्भ रहन नदिने औषधी सेवन गर्न सकिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यात्रामा वान्ता भए यसो गरौ
Next article स्टार हस्पिटलमा खुल्यो क्यान्सर सेन्टर

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132460
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web