• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

स्वस्थ्य रहन आत्मबल उच्च 

November 26th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वस्थ्य रहन आत्मबल उच्च 

डा. प्रकाशराज रेग्मी

जीवन सुखी भएन भने कुनै व्यक्ति स्वस्थ्य रहन सक्दैन । पूर्ण स्वस्थताका लागि शारीरिक स्वास्थ्यका साथै जीवनमा सुखको अनुभूतिसमेत हुनु अत्यावश्यक छ । यसकारण प्रत्येक व्यक्ति स्वस्थ रहनका लागि सुखी वन्न सिक्नुपर्छ । सुख र दुःख भन्ने कुरा भावना र संवेदनासँग गाँसिएको कुरा हो । जीवनको वास्तविक लक्ष्य नै सुखको प्राप्ति हो ।  जीवनशैली परिवर्तनको प्रथम कदम जीवनलार्य सुखी वनाउने बारेको चिन्तनबाटै सुरु गरिनुपर्छ । धेरै मानिसले आफ्नो जीवनलाई आफैंले जटिल र रोगी बनाएका छन् । जीवन बिताउने कला र पद्धति नजानेर धेरै मानिस रोगी भएका छन् ।

धेरै रोजहरू मान्छेको सोचाइबाट आएका छन् । सोचाइ र आत्मबल कमजोर भयो भने रोगले सजिलै आक्रमण गर्न सक्छ । आत्मबल बलियो छ भने त्यस व्यक्तिलाई सानोतिनो रोगले छुन सक्दैन, साथै रोग लागिहाले पनि रोगलाई नियन्त्रणमा ल्याउन सजिलो पर्छ । यसकारण शरीर स्वस्थ राख्न आत्मबल बलियो हुनुपर्छ । आत्मबलका साथै शारीरिक शक्ति र ऊर्जा पनि बलियो बनाउन सक्नुपर्छ । उच्च आत्मबल, बलियो शक्तिशाली शरीर र प्रशस्त ऊर्जा भएको व्यक्तिबाट रोग पनि पराजित हुन्छ । यसकारण निरोगी रहन आत्मबल बढाउनुपर्छ, शरीरलाई बलियो बनाउनुपर्छ, साथै शरीरमा प्रशस्त ऊर्जा सञ्चालित गराइराख्नुपर्छ । यसो भएमा व्यक्तिलाई स्वस्थ रहन सहयोग पुग्छ ।

सुखबारे सबैका आ–आफ्नै धारणाहरू छन् । यहाँ सुखलाई स्वास्थ्यसँग जोड्न खोजिएको छ । स्वस्थ जीवनका लागि सुख प्राप्ति अपरिहार्य छ । सुख वस्तुगत नभई मनोगत कुरा भएको हुनाले यसलाई बुझ्न र प्राप्त गर्न आँखा चिम्लिएर भित्री मनले प्रयत्न गर्नुपर्छ । भित्री मनको आँखा खुलेपछि मात्र वास्तविक रूपमा मानिसमा परिवर्तन आउन सक्छ । जीवनलाई सुखी बनाउन, जीवनशैली स्वस्थ बनाउन सबैभन्दा पहिले सोचाइमा परिवर्तन आउनुपर्छ ।

मन रोगी भयो भने शरीर रोगी हुन्छ । मन स्वस्थ छ भने शरीर पनि स्वस्थ बन्न सक्छ । यसकारण सर्वप्रथम मनलाई निरोगी राख्ने प्रयत्न गर्नुपर्छ । जीवनशैलीमा परिवर्तन ल्याउने कुनै औषधि वा इन्जेक्सन छैन । चक्की खाएर वा सुई लगाएर जीवनशैली परिवर्तन हुँदैन । यसका लागि आफैंले प्रयास गर्नुपर्छ । भित्रदेखि म यस कार्यमा लाग्छु, यो मेरै लागि हो, प्रयास गरेँ भने म सफल हुन्छु भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्छ । जीवनशैली परिवर्तन गर्नुपर्ने आवश्यकता कसैले भित्री मनदेखि नै महसुस गर्दैन भने उसले जीवनशैली परिवर्तन गर्ने प्रयास नगरे पनि हुन्छ । भित्री चाहना बलियो र आवश्यकताको बोधसहित भयो भने मात्र प्रयास सफल हुन सक्छ । जीवनशैली परिवर्तन सुखी र स्वस्थ जीवन प्राप्त गर्नका लागि हो ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अब हरेक स्कुलमा नर्स
Next article डा. भोला रिजाल भन्छन, म महिला हूँ

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132101
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web