हेल्थ टुडे
काठमाडौं, ११ मंसिर : स्वास्थ्य मन्त्रालयकी सचिव डा. किरण रेग्मी यही मंसिर १७ गतेदेखि सेवा निवृत हुने भएकी छिन् । उमेर हदका कारण उनी सेवा निवृत हुन लागेकी हुन् । लामो समय स्त्री तथा प्रसूति रोग विशेषज्ञका रुपमा काम गरेकी डा. रेग्मी चार महिना पहिले स्वास्थ्य मन्त्रालयकी सचिव भएकी थिइन् । डा. रेग्मीले देशका दुर्गम जिल्लामा गएर लामो समय स्त्री तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सेवा गरेकी छिन् । उनले प्रसूति गृहको निर्देशकको जिम्मेवारी समेत बहन गरेकी थिइन् । पछिल्लो समय परिवार स्वास्थ्य महासाखाको निर्देशक भएपछि उनी प्रमुख विशेषज्ञ १२ औं तहमा बढुवा भएकी थिइन । प्रसाशनिक दखल कम भए पनि उनी इमान्दार चिकित्सकका रुपमा आफूलाई चिनाउन सफल भएकी छन् । मन्त्रायल स्रोतका अनुसार डा. रेग्मी अहिले एक दातृ निकायको कार्यक्रममा सहभागी हुन विदेश गएकी छिन् । विदेशबाट फर्केपछि यही १७ गतेबाट उनको अवकास हुनेछ । उनीपछि स्वास्थ्य सचिवको बन्ने भन्ने चर्चा सुरु भएको छ । डा. रेग्मी राष्ट्रकवि माधव घिमिरेकी छोरी हुन ।
Leave a Reply