हेल्थ टुडे
काठमाडौं, १९ मंसिर : महिला स्वास्थ्य स्वयंसेविकाको निस्वार्थ सेवा : स्वस्थ, समृद्व राष्ट्र निर्माणमा टेवा भन्ने मूल नाराका साथ आज १४ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयं सेविका दिवस मनाइदै छ । स्वास्थ्य मन्त्रालय र मातहतका जिल्ला जनस्वास्थ्य कार्यलयले देश भरि नै विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाइरहेका छन् । स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महासाखाको तथ्यांक अनुसार देश भरिमा ५१ हजार ४ सय ५० महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् । सरकारले यो कार्यक्रम बिसं २०४५ बाट सुरु गरेको हो ।
महिला स्वास्थ्य स्वयं सेविकाहरुले देशभरिका गाउपालिका र नगरपालिकाका वडास्तरसम्म स्वास्थ्यका विभिन्न अभियानका साथै प्राथमिक स्वास्थ्य उपचार र जनचेतना जगाउनमा महत्वपूर्ण योगदान दिएका छन् । महिला स्वास्थ्य स्वयं सेविकाहरुकै प्रयास स्वरुप नेपालमा बाल मृत्युदर र मातृ मृत्युदर घटेको स्वास्थ्यका अधिकारी बताउछन् । हरेक वर्ष सरकारले उत्कृष्ठ सेवा गर्ने स्वयं सेविकाहरुलाई सम्मानका साथ पुरस्कृत गर्ने गरेको छ । उनीहरुलाई पोषाक भत्ताका अलावा तालिम अवधिमा भत्ता बाहेक स्वयं सेविकाले कुनै आर्थिक लाभ पाउने गरेका छैनन् ।
Leave a Reply