डा. ज्योति भट्टराई
मधुमेहको प्रमुख कारणमध्ये अनियन्त्रित खानपान पनि एक हो । हामी एकै पटक थालभरि खान्छौ । कोची कोची खान्छौ । हामीलाई लाग्छ, एक पटक खाए दिनभरिलाई पुग्यो । हामी मध्ये धेरैको घरमा खाना खाने थाल ठूला छन् । हामी जङ फुडमा रमाउछौ । आफ्नो सजिलोका लागि केटाकेटीलाई जङ फुडमै टार्ने गर्छौ । खाजा भनेकै चाउचाउ, कुरकुरे, लेज जस्तै तयारी खानेकुरालाई ठान्छौ । स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको स्वाद र सजिलोलाई बढी ख्याल गर्छौ । यही अनियन्त्रित खानापानले मोटोपन बढीरहेको छ । शहरमा त अहिले दुब्ला मान्छे देख्न कम भइसके । सार्वजजिक सवारी साधनमा यात्रा गर्दा देख्न सकिन्छ, तिन जनाको सिटमा तिनजना अटाउनै मुस्किल परिरहेको हुन्छ ।
यही मोटोपनले उच्चरक्तचाप, स्वासप्रस्वास, मुटु, मिर्गौला रोग मात्र नभएर मधुमेह पनि ह्वात्तै बढाएको छ । मधुमेहले के बच्चा के युवा र के प्रौढ कसैलाई पनि छोडेको छैन । पहले पहिले झाडापाखाला, हैजा जस्ता सरुवा रोगका कारण धेरै मानिसको ज्यान जान्थ्यो । अहिले ठिक उल्टो हुन थालेको छ । सरुवा भन्दा नसर्ने रोगको संत्रमणका कारण धेरैको ज्यान गइरहेको छ । सरुवा रोगको उपचार सस्तो हुन्छ । तर नसर्ने रोगको उपचार एकदमै महंगो हुन्छ । नसर्ने रोग लाग्नै नदिन हामी सबै स्वास्थ्य प्रति सचेत हुनु पर्छ । विरामी भएपछि डाक्टर छदैछन वा अस्पताल छदैछन नी भन्ने धारणा पालेर बस्नु हुदैन । रोग लाग्न नदिन हामीले आफ्नो जिवनशैली परिवर्तन गर्नै पर्छ । यदी जिवनशैली परिवर्तन गर्न सकेनौ भने जति बेला पनि ठूलठूला रोगको संक्रमण गर्ने निश्चित छ । जिवनशैली परिवर्तन गर्नु पर्ने तरिका धेरै छन । ती मध्ये एकै पटक धेरै खाने बानी छोड्नु पनि एक हो । थोरै भात खाऔ । दुई मुठी चामलको भात भन्दा बढी नखाऔ । त्यसमा पनि सकभर सेतो चामल कम गरौ । भातसंग दाल, सागसब्जी र सलाद खाऔ । एकै पटक धेरै खानुको सट्टा तीन तीन घण्टाको फरक फरकमा खानु स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनमा पानी कम्तिमा चार लिटर पिऔ । मधुमेहबाट बच्न यही खानु पर्छ भन्ने छैन ।
थोरै थारै खाने, चिल्लो कम भएको खाना खाने, सागपात फलफुल खाने, पानी बढी पिउने, दैनिक शारिरिक अभ्यास गर्नु गर्छ । जङ फुडबाट भने बच्नै पर्छ । हिजोआज जहाँ जहा सडक पुगेको छ, त्यहा मधुमेहका विरामी बढी देखिन थालेका छन । त्यसको एउटै कारण हो जङ फुड । जहाँ सडक त्यहा मधुमेह जस्तै भएको अहिले त । सहर नहुन्जेल मानिसहरु स्थानिय बजारमा गएर सागपात, तरकारी, फलफुल बेच्छे । बारीमा उम्रिएको खान्थे । तर अहिले समय फेरिएको छ । सडक पुग्नु नराम्रो होइन । विकास हो । तर यसले ग्रामिण जिवनशैली बदलि दिएको छ । बाटो पुग्यो की त्यहा सबभन्दा पहिले जड फुड पुग्छ । फलफुल बेच्ने पशले जङ फुड बेच्न थाल्छन । स्थानियवासी सागपात खान छोडेर तयारी खान थाल्छन । जसको परिणाम स्वरुप सडक पुगेका बस्तीमा मधुमेहको प्रकोप बढी रहेको छ । तरकारी बेचेर चाउचाउ किनेर लैजाने महिला थुप्रै छन । शहरमा पाइने अधिकांश तरकारीमा बिसादी प्रयोग गरिएको हुन्छ । विसादी हालेको तरकारी खाने मानिसमा दुइगुना मधुमेह हुने संभावना हुन्छ । मधुमेहका बिषयमा सरकारी र निजी स्वास्थ्य संथामा कार्यरत स्वास्थ्यकर्मि समेत पूर्ण जानकार छैनन् । उनीहरुलाई मधुमेह सम्बन्धी तालिम दिनु पर्छ । स्कुल वरीपरि तयारी खाना बेच्न प्रतिवन्ध लगाउनु पर्छ । मधुमेह सबै उमेर समूहमा देखिएको छ ।
युवा अवस्थामै यो समस्याले सताउन थालेको पाइन्छ । केही समयपहिले धरानमा गरेको अध्ययनमा २० वर्ष उमेर समूहका साडे सात प्रतिसतमा मधुमेहको समस्या देखिएको छ । राजधानीमा त यो संख्या त्यो भन्दा धेरै बढी छ । काठमाडौंमा गरिएको अर्को अध्ययनले २५ प्रतिसत मधुमेहलाई रोकथाम गर्न सकिने देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल सहित दक्षिण पूर्वी एशियाका मधुमेहको संक्रमण चार प्रतिसतबाट वृदि भएर साडे आठ प्रतिसत पुगेको छ । सन् २०१२ मा दक्षिणपूर्वि एशियामा रगतमा अत्यधिक चीनीका कारण १० लाख मानिसको मृत्यु भएको थियो । जसमा मधुमेहको प्रत्यक्ष कारणका साथै मधुमेहको जटिलता र परिणामहरु जस्तै मिर्गौलाले काम नगर्ने, मुटु सम्बन्धी रोग र क्षयरोग छन । मधुमेहको समयमै उपचार नगराउदा जटिल समस्या आउछन । यसले आखा, मिर्गौला, मुटु र खुट्टामा समेत असर पर्छ । त्यसैले मधुमेह सहित अन्य नसर्ने रोगबाट बच्न आफ्नो जिवनशैली परिवर्तन गर्न जरुरी छ । त्यसैले मधुमेहबाट बच्न हामी पनि सुरु गरौ सानो थालमा खाना खाने बानी । (डा. भट्टराई इन्डोक्रानोलोजिस्ट एण्ड डाइवेटिज विशेषज्ञ हुन । )
Leave a Reply