• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

नर्सिङमा सेवाभन्दा विदेश मोह

December 5th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्सिङमा सेवाभन्दा विदेश मोह

सर्मिला गैरे

राजधानीको बागबजारमा रहेको सेभेन स्टार नर्सिङ इन्स्टिच्युटमा कोचिङ पढ्न आउने करिव ५० जना छात्रालाई एक दिन प्रशिक्षक विनिता लाखेले सोधिन्, ‘ तिमीहरु मध्ये स्वदेशमै बसेर सेवा गर्ने कति जना छौं ?’ हात उठाओ भन्दा सोलुखुम्बुबाट नर्स बन्न काठमाडौ झरेकी एकजना बाहेक कसैले पनि हात उठाएनन् । तिनले मात्रै भनिन्, मेरो गाउँमा एउटा सामुदायिक अस्पताल बन्दैछ । त्यसैले म त्यही बसेर गाउँका विरामीहरुको सेवा गर्ने हो । अरु कसैले उनले भैंm हिम्मतका साथ निर्धक्क भएर हात उठाएनन् । यसको अर्थ थियो त्यहाँ पढिरहेका ९० प्रतिसत छात्रा विदेश जानका लागि नर्सिङ पढ्न चाहन्छन् ।

यो त एक उदाहरण मात्र हो । पछिल्ला पर्ष नर्सिड पढेर विदेशिने सजिलो र भरपर्दो माध्यम बन्दै गइरहेको छ । नर्सिङ पेशा सेवामूलक निश्चय नै हो । विरामीको उपचार नर्सको हेरविचारमा निर्भर हुन्छ । आपूmकहाँ आएका विरामीलाई कस्तो सेवा सुविधा चाहिन्छ त्यो नर्सहरुलाई राम्रो ज्ञान हुन्छ । तर, नेपालमा अहिले यो पेशा सेवाभन्दा पैसामुखी हुन थालेको छ । खाली विदेश छिर्न सजिलो हुने मात्र नभएर त्यहाँ गएर धेरै पैसा कमाउन सकिने भएकाले अहिले अधिकांश नर्सिङ पढ्ने युवतीको मुख्य गन्तव्य नै बिदेश हुन थालेको छ । उनीहरुलाई विदेश धकेल्नमा उनीहरु पढ्ने इन्स्टिच्युट र कलेजहरु स्वयं नै लागेका हुन्छन् । राजधानीका नाम चलेका कलेजहरु नै नर्सिडका छात्राहरुबाट मोटो रकम उठाएर विदेश पठाउने काममा लागेका छन् । कति कलेजले त विदेशबाट नर्सका कोटा नै ल्याएका हुन्छन् । त्यसरी आपूmले मिलाएर ल्याइएका कोटामा महंगो शुल्कलिई भर्ना गरेर उतै पठाउने दलालको कामको रुपमा पनि नाम चलेका काठमाडौंका नर्सिड कलेजहरु घुँडा टेकेर लागेका छन् । त्यस कारणले पनि नेपालमा उत्पादित धेरै नर्सहरुलाई विदेश मोह जागेको हो ।

नेपाली नर्सहरुको पहिलो रोजाइमा अमेरिका, बेलायत, क्यानाडा पर्छन् । त्यसपछि दक्षिण कोरिया, दुबई, जापान पर्छन् । यी देशहरुमा नर्सको अत्यधिक माग हुने गर्दछ । यी देशहरुले नर्स पढ्न वा काम गर्न सजिलै भिसा दिने भएकाले विदेश जाने रहर भएका अधिकांश छात्रा नर्सिड पढ्न चाहन्छन् । नेपालमा मागभन्दा बढी नर्स उत्पादन हुने भएकाले पनि नर्सिङ पढ्ने युवतीहरुलाई विदेश जान सजिलो बहाना भएको छ । नेपालमा विरामीको अनुपातमा नर्सको दरबन्दी छैन । निजी अस्पतालहरुमा त छोडौ सरकारी अस्पतालमासमेत विरामीको अनुपातमा एकदमै कम नर्सको दरबन्दी छ । निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले नर्स जस्तो जिम्मेवार पेशा गर्ने नर्सहरुलाई एकदमै कम तलबमा काम लगाएर श्रम सोषण गर्ने गरेको आवाज उठिरहेको छ । निजी अस्पतालहरुले अत्यन्तै थोरै तलब दिने गरेकाले खान, बस्नसमेत मुस्किल पर्ने, काममा भने सरकारीभन्दा निजीमा बढी खट्नुपर्ने गुनासो नर्सहरुको छ । उनीहरुको यो गुनासो अहिलेको महंगीदेखि सारा कुरालाई हेर्दा सत्य पनि हो । तर, सबै निजी अस्पतालमा नर्सहरुलाई उचित पारिश्रमिक दिइँदैन भन्ने चाहीं होइन । कतिपय निजी अस्पतालमा सरकारीमा भन्दा पनि राम्रो सेवासुविधा उपलब्ध हुन्छन् । नर्सहरुलाई उनीहरुको जिम्मेवारी र कामको प्रकृति हेरेर सेवासुविभा दिने अस्पताल पनि नभएका होइनन् । नर्सिड पेशामा लाभभन्दा सेवा भाव ठूलो कुरा हो । त्यो नै रहेन भने जे–जस्ता बहाना बनाएर विदेश पलायन भए भइहाल्यो । एक जना अस्पताल सञ्चालक भन्छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदबाट घातक रोगको उपचार
Next article बच्चालाई यौन शिक्षा कुन बेला दिने र कसरी ? 

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web