• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

नर्सिङमा सेवाभन्दा विदेश मोह

December 5th, 2017 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नर्सिङमा सेवाभन्दा विदेश मोह

सर्मिला गैरे

राजधानीको बागबजारमा रहेको सेभेन स्टार नर्सिङ इन्स्टिच्युटमा कोचिङ पढ्न आउने करिव ५० जना छात्रालाई एक दिन प्रशिक्षक विनिता लाखेले सोधिन्, ‘ तिमीहरु मध्ये स्वदेशमै बसेर सेवा गर्ने कति जना छौं ?’ हात उठाओ भन्दा सोलुखुम्बुबाट नर्स बन्न काठमाडौ झरेकी एकजना बाहेक कसैले पनि हात उठाएनन् । तिनले मात्रै भनिन्, मेरो गाउँमा एउटा सामुदायिक अस्पताल बन्दैछ । त्यसैले म त्यही बसेर गाउँका विरामीहरुको सेवा गर्ने हो । अरु कसैले उनले भैंm हिम्मतका साथ निर्धक्क भएर हात उठाएनन् । यसको अर्थ थियो त्यहाँ पढिरहेका ९० प्रतिसत छात्रा विदेश जानका लागि नर्सिङ पढ्न चाहन्छन् ।

यो त एक उदाहरण मात्र हो । पछिल्ला पर्ष नर्सिड पढेर विदेशिने सजिलो र भरपर्दो माध्यम बन्दै गइरहेको छ । नर्सिङ पेशा सेवामूलक निश्चय नै हो । विरामीको उपचार नर्सको हेरविचारमा निर्भर हुन्छ । आपूmकहाँ आएका विरामीलाई कस्तो सेवा सुविधा चाहिन्छ त्यो नर्सहरुलाई राम्रो ज्ञान हुन्छ । तर, नेपालमा अहिले यो पेशा सेवाभन्दा पैसामुखी हुन थालेको छ । खाली विदेश छिर्न सजिलो हुने मात्र नभएर त्यहाँ गएर धेरै पैसा कमाउन सकिने भएकाले अहिले अधिकांश नर्सिङ पढ्ने युवतीको मुख्य गन्तव्य नै बिदेश हुन थालेको छ । उनीहरुलाई विदेश धकेल्नमा उनीहरु पढ्ने इन्स्टिच्युट र कलेजहरु स्वयं नै लागेका हुन्छन् । राजधानीका नाम चलेका कलेजहरु नै नर्सिडका छात्राहरुबाट मोटो रकम उठाएर विदेश पठाउने काममा लागेका छन् । कति कलेजले त विदेशबाट नर्सका कोटा नै ल्याएका हुन्छन् । त्यसरी आपूmले मिलाएर ल्याइएका कोटामा महंगो शुल्कलिई भर्ना गरेर उतै पठाउने दलालको कामको रुपमा पनि नाम चलेका काठमाडौंका नर्सिड कलेजहरु घुँडा टेकेर लागेका छन् । त्यस कारणले पनि नेपालमा उत्पादित धेरै नर्सहरुलाई विदेश मोह जागेको हो ।

नेपाली नर्सहरुको पहिलो रोजाइमा अमेरिका, बेलायत, क्यानाडा पर्छन् । त्यसपछि दक्षिण कोरिया, दुबई, जापान पर्छन् । यी देशहरुमा नर्सको अत्यधिक माग हुने गर्दछ । यी देशहरुले नर्स पढ्न वा काम गर्न सजिलै भिसा दिने भएकाले विदेश जाने रहर भएका अधिकांश छात्रा नर्सिड पढ्न चाहन्छन् । नेपालमा मागभन्दा बढी नर्स उत्पादन हुने भएकाले पनि नर्सिङ पढ्ने युवतीहरुलाई विदेश जान सजिलो बहाना भएको छ । नेपालमा विरामीको अनुपातमा नर्सको दरबन्दी छैन । निजी अस्पतालहरुमा त छोडौ सरकारी अस्पतालमासमेत विरामीको अनुपातमा एकदमै कम नर्सको दरबन्दी छ । निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले नर्स जस्तो जिम्मेवार पेशा गर्ने नर्सहरुलाई एकदमै कम तलबमा काम लगाएर श्रम सोषण गर्ने गरेको आवाज उठिरहेको छ । निजी अस्पतालहरुले अत्यन्तै थोरै तलब दिने गरेकाले खान, बस्नसमेत मुस्किल पर्ने, काममा भने सरकारीभन्दा निजीमा बढी खट्नुपर्ने गुनासो नर्सहरुको छ । उनीहरुको यो गुनासो अहिलेको महंगीदेखि सारा कुरालाई हेर्दा सत्य पनि हो । तर, सबै निजी अस्पतालमा नर्सहरुलाई उचित पारिश्रमिक दिइँदैन भन्ने चाहीं होइन । कतिपय निजी अस्पतालमा सरकारीमा भन्दा पनि राम्रो सेवासुविधा उपलब्ध हुन्छन् । नर्सहरुलाई उनीहरुको जिम्मेवारी र कामको प्रकृति हेरेर सेवासुविभा दिने अस्पताल पनि नभएका होइनन् । नर्सिड पेशामा लाभभन्दा सेवा भाव ठूलो कुरा हो । त्यो नै रहेन भने जे–जस्ता बहाना बनाएर विदेश पलायन भए भइहाल्यो । एक जना अस्पताल सञ्चालक भन्छन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बच्चालाई यौन शिक्षा कुन बेला दिने र कसरी ? 
Next article आयुर्वेदबाट घातक रोगको उपचार

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134006
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web