• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

August 6th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

हेल्थ टुडे
काठमाडौं, २१ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रीले धनुषाको ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने सरकारको योजना यथावत् रहेको स्पष्ट पारेका छन्। संघीय संसदमा लहानमा ट्रमा सेन्टर निर्माणको विषय उठाएपछि ढल्केबरको योजना प्रभावित हुने हो कि भन्ने जिज्ञासा बढेपछि मन्त्रीले समाजिक सञ्जाल मार्फत यस्तो स्पष्टिकरण दिएका हुन्।

मन्त्रीका अनुसार ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने योजना कुनै पनि रूपमा रोकिएको वा परिवर्तन गरिएको छैन। पूर्व–पश्चिम राजमार्ग तथा मधेश प्रदेशलाई जोड्ने प्रमुख सडक सञ्जालको केन्द्रमा रहेको ढल्केबरको भौगोलिक अवस्थिति र बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै त्यहाँ ट्रमा सेन्टरको आवश्यकता अझै पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताएका छन्। मन्त्रालय उक्त योजना कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन्।

उनले संसदमा लहानको सन्दर्भ उठाउनुको उद्देश्य कुनै एक स्थानलाई प्राथमिकता दिएर अर्को स्थानलाई पछाडि पार्ने नभएको स्पष्ट पारे। मधेश प्रदेशका विभिन्न क्षेत्रमा दुर्घटनाको अवस्था, जनघनत्व, स्वास्थ्य सेवामा पहुँच तथा भौगोलिक आवश्यकतालाई आधार बनाएर आवश्यकताअनुसार क्रमशः ट्रमा सेन्टर स्थापना गर्ने सरकारको दीर्घकालीन योजना रहेको उनको भनाइ छ।

स्वास्थ्य सेवा नागरिकको सहज पहुँचमा पु¥याउने, आकस्मिक उपचारलाई प्रभावकारी बनाउने तथा दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित मन्त्रालयले आवश्यक अध्ययन, योजना र स्रोत व्यवस्थापनको काम अघि बढाइरहेको मन्त्रीले जानकारी दिएका छन्। साथै, यस विषयमा भ्रममा नपरी तथ्यमा आधारित जानकारीमा विश्वास गर्न  उनले सबैमा आग्रह गरेका छन्।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति
Next article काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134304
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web