• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

August 9th, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

हेल्थ टुडे,

काठमाडौं, २३ साउन : नेपाल नेत्र ज्योति संघ (एनएनजेएस), थाइल्यान्डकी डा. निताया फानुफाक र भारतका डा. के. सुरेश कुमारलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड २०२६ प्रदान गरिने भएको छ ।

विश्व स्वास्थ्य संगठनले यो अवार्ड जनस्वास्थ्य क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने नवप्रवर्तन, समानता र समुदायको सहभागितामार्फत स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याउने व्यक्ति तथा संस्थालाई प्रदान गर्दै आइरहेको छ । नेपाल नेत्र ज्योति संघले समानतामूलक र जनकेन्द्रित आँखा स्वास्थ्य सेवामार्फत लाखौं मानिसको दृष्टि पुनस्र्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ । संघको निरन्तर प्रयासले नेपालमा रोकथाम गर्न सकिने अन्धोपन घटाउन उल्लेखनीय योगदान पुगेको डब्लुएचओले जनाएको छ । समुदायमा आधारित तथा जनकेन्द्रित आँखा उपचार सेवाको विस्तारमार्फत संघले देशका विभिन्न क्षेत्रमा आँखासम्बन्धी उपचार तथा रोकथाम सेवाको पहुँच बढाउँदै आएको छ ।

डा. नितायालाई एसिया–प्रशान्त क्षेत्रमा एचआईभी रोकथाम तथा स्वास्थ्य सेवा प्रवाहका नवीन र समानतामूलक मोडल विकास गरी नीति र अभ्यासमा प्रभाव पारेको योगदानका लागि सम्मान गर्न लागिएको हो । डा. कुमारले समुदायको स्वामित्वमा आधारित मोडलमार्फत विभिन्न देशमा समुदायमा आधारित प्यालिएटिभ केयर (जीवनको अन्तिम चरणमा दिइने समग्र हेरचाह) को विस्तारमा पु¥याएको योगदानका लागि अवार्ड पाउनेछन् ।

अवार्डका विजेतालाई बधाई दिँदै डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोएमेले नवप्रवर्तन, समानता र समुदायको सहभागिताले स्वास्थ्य परिणाममा परिवर्तन ल्याउन सक्ने बताएकी छन् ।

उनका अनुसार, तीनै विजेताले स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने तथा नीति निर्माणमा प्रभाव पार्ने स्थानीय समाधानको शक्ति प्रदर्शन गरेका छन् । उनीहरूको नेतृत्वले क्षेत्रीय र विश्वव्यापी रूपमा स्वास्थ्य सुधारका लागि नवीन अभ्यासलाई प्रेरित गरेको र दीर्घकालीन जनस्वास्थ्य प्रभाव सिर्जना गर्न स्थानीय पहलले महत्वपूर्ण भूमिका खेल्न सक्ने देखाएको डब्लुएचओले जनाएको छ । डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्डको यो दोस्रो संस्करण हो। यसले दक्षिण–पूर्वी एसिया क्षेत्रमा जनस्वास्थ्य सुधारमा दीर्घकालीन र उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्छ । अवार्ड सेप्टेम्बर २०२६ मा टिमोर–लेस्तेको डिलीमा आयोजना हुने डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ अधिवेशनका क्रममा प्रदान गरिनेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Next article डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133897
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web