• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

निदाएको बेला यौन सम्पर्क

December 8th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निदाएको बेला यौन सम्पर्क

डा. खेम कार्की

किशोरावस्था भनेको जिज्ञासु अवस्था हो । यो अवस्थामा सबैले संसारमा भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौनलाई गलत, अश्लील र असभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले निषेध गरेको हुन्छ त्यसप्रति उनीहरूको ध्यान अझ बढी केन्द्रित हुनु स्वाभाविक हो ।

विशेषगरी यौनाङ्ग तथा प्रजनन अङ्गको विकास किशोरावस्थामा हुन्छ र यौनसम्बद्ध रागरसहरूको उत्पादन पनि यही समयमा हुने भएका कारण विपरीत लिङ्गीप्रति वा समलिङ्गीप्रति नै आकर्षण बढ्न जान्छ । विपरित लिंगीहरुसँग नजिकिन, माया गर्न र जिस्कन मन लाग्नुका साथै यौनाङ्ग चलाउन र यौनसम्पर्क गर्न पनि मन लाग्नु स्वभाविक हो ।  यौनबारे खुलदुली हुनु अस्वाभाविक होइन । किशोरावस्थादेखि पछिसम्म प्राकृतिक रुपमा हुने यौन तथा प्रजनन् क्रियाकलाप मध्ये एक हो, स्पनदोष ।  निदाएको बेलामा यौन सम्पर्क वा यौन व्रिmयाकलाप गरेको सपना देखेर निदाएकै अवस्थामा पुरुषको लिङ्गबाट आफै वीर्य स्खलन हुनुलाई र महिलाको योनीबाट सामान्य योनीस्राव हुनुलाई स्वप्नदोष वा नाइटफल भनिन्छ ।

किशोरावस्थामा केटा र केटीहरूले कामुक वा यौन उत्तेजक सपना देखेर आफू पनि यौन उत्तेजनाको अनुभव गर्छन् र निदाएकै अवस्थामा वा सपनामै किशोर वा पुरुषको लिङ्गबाट वीर्य स्खलन हुने गर्दछ तथा किशोरी वा महिलाहरूमा पनि योनीबाट चिप्लो पदार्थ निस्कन्छ । स्वप्नदोष शरीरको विकाससँगै हुने प्राकृतिक प्रव्रिmया हो र यो किशोर अवस्थामा मात्र नभएर वयस्क अवस्थामा पनि हुने गर्दछ । केटाहरूमा भने किशोराअवस्थादेखि नै नियमित वीर्य उत्पादन भैरहेको हुनाले लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेको अवस्थामा स्वप्नदोष भई वीर्य बाहिर निस्कने गर्दछ । यसबाट केही हानी नोक्सानी भने हुँदैन । स्वप्नदोष भएपछि यौन अङ्गको सरसफाइ राम्रोसँग गर्नुपर्दछ । ( डा. कार्की यौन तथा प्रजनन् विज्ञ हुन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जाडोमा एलर्जीको खतरा  
Next article चिकित्सकिय जाचँमा किन हेरिन्छ जिब्रो

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web