• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

फोक्सोको क्यान्सर भइहाले के गर्ने ?

December 9th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 812

Warning: Trying to access array offset on false in /home/healthne/public_html/wp-includes/media.php on line 818
फोक्सोको क्यान्सर भइहाले के गर्ने ?

डा. अम्बुज कर्ण

नेपालमा क्यान्सर रोगीको संख्या कति छ त्यसको एकिन तथ्यांक छैन । तर पछिल्ला वर्षमा क्यान्सरका रोगीको संख्या भने बढी रहेको छ । नेपालमा हुने क्यान्सर रोगीहरु मध्ये सबै भन्दा बढी फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । त्यसपछि स्तन क्यान्सर र तेश्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर । विरामीको चापको तुलनामा क्यान्सर विशेषज्ञ र उपकरणको भने नेपालमा अभाव नै छ । विश्व स्वास्थ्य संगठनले प्रत्येक १० लाख जनसंख्यामा क्यान्सर उपचारका लागि कम्तिमा पनि एक रेडियो थेरापी मेसिन आवश्यक पर्छ भनेको छ । तर हाम्रो देशमा मुस्किलले ६। ७ वटा छन । रेडियो थेरापिस्ट पनि २५ भन्दा बडी छैनन । अंकोलोजिस्ट पनि कम नै छन । वीरमा रेडियो थेरापी मेसिन बिग्रेको दुई बर्ष हुन लागिसक्यो । अहिलेसम्म किन्न सकिएको छैन । फेरि टेण्डर भएको छ । सायद अब किन्न सकिन्छ की ? मेडिकल फिजिसिस्टको पनि अभाव नै छ । यति हुदा हुदै पनि क्यान्सर उपचारका क्षेत्रमा कुनै सुधार नै भएको छैन भन्न खोजेको होइन । क्यान्सरका छुट्टै अस्पताल खोल्ने क्रम जारी छ । यसले कुनै न कुनै रुपमा विरामीलाई सहज भएको छ ।

नेपालमा क्यान्सरको उपचार सबैभन्दा पहिले बीर अस्पतालमा सुरु भएको हो । प्रजातन्त्र पुनस्र्थापना पछि डा.तारा मानन्धरले क्यान्सर उपचार सुरु गर्नु भएको हो । अहिले वीर अस्पतालमा ५ जना क्यान्सर रोग विशेषज्ञले सेवा दिइरहेका छौ । हाम िवीरमा हरेक दिन ५० जति क्यान्सरका विरामी हेर्छौ । रेडियो थेरापी बाहेकका सेवा दिइरहका छौ । रेडियो थेरापी विगत दुई वर्षदेखि बिग्रिएको छ । नयाँ किन्न टेण्डर भइरहेको छ । केमो थेरापी सेवा उपलब्ध छ । इपालिएटिभ केयर दिइरहेका छौ । तर पछिल्ला दिनमा क्यान्सरकै लागि छुट्टै अस्पताल खुलेकाले वीरको उपचार छाँयामा परेको छ ।

फोक्सोको क्यान्सर

नेपालमा क्यान्सर रोगीको संख्या बढ्दै गइरहेको छ । त्यसमा पनि फोक्सोको क्यान्सरका विरामीको संख्या उल्लेखनिय छ । फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । नेपालमा ९० प्रतिसतलाई फोक्सोको क्यान्सर हुने प्रमुख कारण धूमपान हो । १० प्रतिसतलाई भने धूमपान नगरे पनि फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । कुनै कुनैलाई बंशानुगत त कसैलाई वातावरणीय कारणले पनि हुन सक्छ । धूमपानका कारणले हुने भएकाले फोक्सोको क्यान्सरलाई हामी रोकथाम गर्न सक्छौ । तर धूमपान गर्ने बानी त्यति सजिलै मानिसले छोड्न सक्दैन । हो, पहिलोको तुलनामा अहिले धूमपान गर्ने व्यक्तिको संख्या केही घटेको जस्तो लाग्छ । सरकारले सार्वजनिक स्थलमा धूमपान गर्न निषेध गर्ने कानून बनाएको छ । जनचेतना केह िबिस्तार भएको छ । तर यसको परिणाम आउन समय लाग्छ । हुनसक्छ अवको २० बर्ष पछि नेपालमा फोक्सोको क्यान्सरका विरामी कम हुन सक्लान । फोक्सोको क्ययान्सरका विरामीको संख्या बढ्दै जानुको अर्को कारण हो अहिले विरामी उपचारमा आउन थालेका छन । पहिले उपचार मै नआई मृत्यु हुन्थ्यो । क्यान्सर भए नभएको थाहै हुदैनथियो । अहिले त्यो अवस्था छैन् ।

उपचारमा फड्को

क्यान्सरको उपचारमा पछिल्लो एक दशकमा निकै प्रगति भएको छ । विरामीहरुमा पनि जनचेतना बढेको छ । पहिले पहिले चौथो स्टेजमा पुगेपछि मात्र उपचारका लागि बल्ल डाक्टर कहाँ आउथे । तर अहिले दोश्रो र तेश्रो स्टेजमा आउन थालेका छन् । पहिलो र दोश्रो स्टेजमा आएकाहरुको रोग निको पार्न सकिन्छ । अहिले हामी टारगेटेड थेरापी, इम्युनो थेरापी लगायतका उपचार विधि मार्फत विरामीलाई सहज उपचार गर्ने गरेका छौ । पहिले पहिले चौथो स्टेजमा पुगेका विरामीको बाच्ने संभावना निकै कम हुन्थ्यो तर अहिले ५० प्रतिसत विरामी ५ वर्षसम्म बाच्न सक्छन । क्यान्सरका छुट्टै अस्पताल खुल्ने क्रम जारी छ । यी अस्पतालहरुले उपचारमा नयाँ नयाँ प्रविधी भित्र्याइरहेको छन । एमआईआए, प्याथोलोजी, पेट स्क्यान, रेडियो थेरापी, टारगेटेड थेरापी जस्ता सेवाले क्यान्सर उपचार सहज बनाएको छ ।

फोक्सोको क्यान्सर कसरी निको पार्ने ?

फोक्सोमा लागेको क्यान्सरको उपचार भनेको त्यो भागलाई शल्यक्रिया गरि काटेर फाल्ने हो । दोश्रो स्टेजसम्म पुगेको क्यान्सरलाई शल्यक्रिया मार्फत फाल्न सकिन्छ । यसको उपचारमा रेडियोथेरापी बढी प्रभावकारी देखिएको छ । सुरुको अवस्थामा पत्ता लागेको क्यान्सर निको पार्न सकिन्छ ,स्टेरियो ट्याक्टिक थेरापीका माध्यमबाट । पूर्व प्रधानमन्त्री स्वर्गिय सुुसिल कोइरालाको अमेरिकामा यी थेरापी मार्फत क्यान्सरको उपचार गरिएको थियो । यसलाई शल्यक्रियाको विकल्पमा लिने गरिन्छ ।

क्यान्सर भइहाले के गर्ने ?

अधिकां मानिस आफुलाई क्यान्सर भएको थाहा भए पछि तर्सिन्छन । आत्तिन्छन । उनीहरु के गर्ने ? कहाँ गएर उपचार गर्ने ? भन्दै विभिन्न व्यक्ति, स्वास्थ्यकर्मि, चिकित्सक कहाँ सल्लाह लिन्छन । विभिन्न व्यक्तिले भिन्ना भिन्नै सल्लाह दिन्छन । यसरी सल्लाह दिनेले सही सल्लाह नै दिन्छन भन्ने छैन । त्यसैले सकभर क्यान्सरका विषयमा सल्लाह लिदा क्यान्सर रोग विशेषज्ञ कहाँ गएर सल्लाह लिनु पर्छ । अन्तिम अवस्थामा पुगिसकेको क्यान्सरलाई पूर्ण रुपमा निको पार्न नसकिएला । अब निको हुने होइन किन उपचारमा खर्च गर्ने भनेर बस्नु हुदैन । उपचारले व्यक्तिको जिवन सहज बनाउछ । ओछ्यानमा सुतेर ६ वर्ष बाच्नु भन्दा हिडडुल गर्दै १ महिना बाच्नु राम्रो मानिन्छ । अहिले दुखाई क म गर्ने देखि जिवन सहज बनाउने उपचार विधि उपलब्ध छन ।

रोगका बारेमा चिकित्सकले विरामी र उनका आफन्तलाई थाहा दिनु पर्छ । यो उनीहरुको सूचनाको अधिकार पनि हो । कुन रोग लागेको छ ? उपचार विधि के प्रयोग गर्दै छौ ? यसमा कति जति खर्च लाग्छ होला ? यी कुराको सही जानकारी दिनु पर्छ । तर यस्ता जानकारी दिदा विरामी र उनका आफन्तलाई हतोत्साहित गर्ने किसिमले भने गर्नु हुदैन । मनोवल बढाउने किसिमले दिन जान्नु पर्छ । हाम्रो देशमा विरामीका आफन्त सही कुरा विरामीलाई नभिन्दिए हुन्थ्यो भन्ने ठान्छन । त्यसैले अधिकांश चिकित्सक विरामीलाई रोगका बिषयमा सही सूचना दिन मान्दैनन । तर चिकित्सकले विरामी र उनका आफन्तको मनोबल गिर्न नदिने किसिमले सही सूचना दिनु नै दुबै पक्षको हितमा हुन्छ । 

( डा. कर्ण वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ हुन । )

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरी बचाऔं बच्चाको दाँत
Next article पूर्व स्वास्थ्य मन्त्रीले हराए डाक्टरलाई (हेर्नुहोस भिडियो सहित)

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 4:57 PM
समाचार

नेपालमा वर्षेनी ७ हजारभन्दा बढीको आत्महत्याबाट मृत्यु, रोकथाममा जिम्मेवार पत्रकारितामा जोड

Oct 28th 7:27 AM
समाचार

हावाहुरी र वर्षाको पूर्वानुमानसँगै १२ देखि १४ गतेसम्म स्वास्थ्य क्षेत्र उच्च सतर्कतामा

Oct 26th 10:50 AM
बिशेषज्ञ लेख

मधुमेहको समस्या छ भने सानो थालमा खानुस्

Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

96
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

85
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web