• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
आयुर्वेद

सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

December 14th, 2017 आयुर्वेद 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिहदरवार वैद्यखाना पनि चाडै जिएमपीमा 

हेल्थ टुडे

काठमाडौं,२८ मंसिर  : सरकारी स्वामित्वमा रहेको देशकै पुरानो आयुर्वेदिक केन्द्र सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात गुड म्यानुफ्याक्चरीङ प्राक्टिसअनुसार उत्पादन गरिने जानकारी दिए । त्यसका लागि अन्तरराष्ट्रिय मापदण्डमा आधारित उत्पादन गर्न पहिलो चरणको गृहकार्य सकिएको उनले बताए । प्रबन्ध निर्देशक खरेलले वैद्यखाना नेपालको सबैभन्दा पुरानो आयुर्वेद औषधि उत्पादन गर्ने उद्योग भएकाले यसका उत्पादनलाई पनि अन्तरराष्ट्रिय मापदण्डअनुसार बनाउन आगामी पाँच वर्षमा सबै उत्पादन जिएमपी मापदण्डअनुसार उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

स्वास्थ्य नीति २०७१ अनुसार औषधि उत्पादन गर्दै आएको वैद्यखाना सिंहदरबार वैद्यखानाले २०५२ सालदेखि समितिमार्फत सञ्चालन हुँदै आएको छ । जिएमपीमा जानका लागि औषधि व्यवस्था विभागबाट समितिले स्वीकृति पाइसकेको छ । जिएमपीमा जानका लागि कुनै पनि औषधि उद्योगले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको उपकरण प्रयोग गरी उत्पादन गर्नुपर्ने हुन्छ । उत्पादन भएको औषधि परीक्षण गर्ने ल्याब पनि सोहीअनुसारको हुनुपर्छ । समितिले उत्पादन गरेका पाउडर (चूर्ण), ट्याब्लेट र क्याप्सुलका विभिन्न उत्पादनलाई जिएमपीअनुसार उत्पादन गर्ने तयारी गरेको छ ।जिएमपीमा औषधि जाने भएपछि विश्वबजारमा उचित मूल्यमा बिक्री–वितरण भई व्यवसायीलाई फाइदा हुने वैद्यखानाको भनाइ छ । समितिले देशमा उपलब्ध प्राकृतिक जडीबुटीको प्रयोग गरी १८५ प्रकारका आयुर्वे्दिक औषधिको उत्पादन गर्दै आएको छ । अहिले उत्पादन भइरहेका औषधिको संख्या पनि बढाउने गृहकार्य भइरहेको खरेलले बताएका छन ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चुम्बनबाट पनि यौन रोगको जोखिम
Next article अख्यितारको कारवाही पत्र स्वास्थ्यबाट गायव

Health Today Nepal

Related Posts

आयुर्वेदबाट  घातक रोगको उपचार

आयुर्वेदबाट घातक रोगको उपचार

आयुर्वेद उपचार पद्धति भरपर्दो

आयुर्वेद उपचार पद्धति भरपर्दो

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web