हेल्थ टुडे
काठमाडौं, २ पुष : क्यान्सर, मिर्गौला र स्पाइनल इन्जोइरीपडितलाई सहज जिवनयापनका लागि हरेक महिना ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । स्वास्थ्य मन्त्रालयले यो वर्ष कुल १७ हजार विरामीलाई यो भत्ता उपलब्ध गराउने प्रस्ताव सहित तयारी गरेको हो । स्वास्थ्य मन्त्री दीपक बोहोराले आउदो मन्त्रीपरिषद्बाट यो निर्णय गरिने बताए । मन्त्री बोहोराले अगामी ६ महिनाका लागि ७८ करोड रुपैया विनियोजन गरिएको र यसका लागि स्वास्थ्य कर कोषको रकम प्रयोग गरिने जानकारी दिए । सरकारले मिर्गौलाका विरामीका लागि डायलासिस सेवा र प्रत्यारोपण सेवा निशुल्क गरिएको छ ।
स्वास्थ्य सेवा निशुल्कसँगै विरामीलाई भत्ता बढ्दै गएपछि सरकारले धान्न नसक्ने अवस्था आउने विज्ञहरुले बताएकाछन् । स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. यशोवर्धन प्रधानले भत्ता बाढ्ने काम नराम्रो नभए पछि सरकारको ढुकुटी हरेर निर्णय गर्नु पर्ने बताए । लोकप्रियताका नाममा विरामीलाई पैसा बाढ्दै जाने क्रम नरोकिए घोषणा कार्यन्वयनमा समस्या पैदा हुन सक्ने डा. प्रधानले बताए । मन्त्री बोहोराले संघियतामा स्वास्थ्यको संरचना कस्तो बनाउने बिषयमा गठित समितिले दिने सुझाउका आधारमा हरेक प्रदेशमा स्वास्थ्यका संरचना विकास गरिने बताए ।
Leave a Reply