अचेल मानिस सुविधाभोगी बन्दै गएका छन् । दुई पाइला हिँड्नुपर्दा हात गले झै भएको यत्रतत्र देखिन्छ । हिँडाइ मानिसको स्वास्थ्यका लागि लामो आयुको उपायमात्रै नभएर स्वस्थ्य जीवनका लागि पनि त्यत्तिकै आवश्यक छ ।
१.दैनिक हिँडाइले तौल मानिसको ठीक राख्नमा मद्दत गर्छ । हिँडाइले मानसिक तनाव कम गर्नमा सघाउँछ । यसले शरीरमा सकारात्मक उर्जा बढाउ“छ । हिँडाइ सर्वोत्तम व्यायाममध्ये एक हो ।
२. हिँडाइले रक्त सञ्चालनमा फाइदा पु¥याउ“छ । हिँड्दा रक्त सञ्चालनको कारणले मस्तिष्कमा अक्सिजनको सञ्चार सरल र सहजरूपले हुन्छ । फोक्सोमा पनि बढी रक्त सञ्चालन गराउँछ । जसले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउ“छ । यसको अर्थ तपाईं बढी स्वस्थ्य बन्नुहुन्छ ।
३. हिँडाइबाहेक योगका केही आसनहरू गर्न सक्नुहुन्छ । यसले तपाईंको मांसपेशीलाई लचिलो बनाउ“छ । मांसपेशीहरूमा रक्त सञ्चालन राम्रो बनाउ“छ । यसले गर्दा मासंपेशीहरू चा“डै थाक्दैनन् ।
४. लगातार टेबुलमा ८–१० घण्टा बसेर काम गर्ने व्यक्तिलाई ढाड दुख्ने समस्या हुन सक्छ । किनभने यसरी बस्दा मासंपेशीको रक्त सञ्चालनमा अवरोध हुन्छ र मांसपेशीहरू थाक्न पुग्छन् । त्यसैले दुई–तीन घण्टा लगातार एउटै ठाउ“मा बसेर काम गरेपछि १० मिनेट हिँडडुल गर्नुपर्छ ।
Leave a Reply