हेल्थ टुडे
काठमाडौं : लण्डनमा उपचार गराईरहेका वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाका बिषयमा झुट्टा कुरा नलेख्न उनको पारिवारिक श्रोतले आग्रह गरेको छ । डा. देवकोटाले लण्डनमा उपचार गराई रहेको तर यही रोग लागेको हो भन्ने कुरा अहिलेसम्म जानकारीमा नभएकोले अनुमानका भरमा त्यस्ता कुरा समाजिक सञ्जालमा लेखेर भ्रम सिर्जना नगरिदिन परिवारका सदस्यले सबैलाई अनुरोध गरेको छ ।
डा. देवकोटाको लण्डनमा उपचार भइरहेको तर रोग पहिचानका बिषयमा आफूहरुलाई जानकारी नभएकाले हल्लाकापछि लाग्नु नहुने न्यूरो अस्पतालका प्रशासन प्रमुख बसन्त देवकोटाले बताए । उनले भने, ‘डा. देवकोटाको छोरी पनि उतै लण्डनमै अध्ययनरत हुनुहुन्छ । छोरी भेट्न जानु भएको हो । उतै उपचार पनि गराउदै हुनुहुन्छ भन्ने खवर छ । अरु कुरा हल्ला हुन । ’ पूर्व स्वास्थ्य मन्त्री समेत रहेका डा. देवकोटासँगै उनकी पत्नी डा. मधु देवकोटा पनि छिन् । सरकारी सेवापछि डा. देवकोटाले आफ्नै पहलमा काठमाडौंको बासबारीमा न्यूरो अस्पताल स्थापना गरेका छन् । डा. देवकोटा एशियाकै अब्बल न्यूरो सर्जनमा रुपमा चिनिन्छन ।
Leave a Reply