• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

नवजात शिशुलाई कसरी नुहाउने

December 21st, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नवजात शिशुलाई कसरी नुहाउने

डा. मञ्जला नकर्मी

बच्चाको सरसफाइ जति महत्वपूर्ण छ त्यति नै बच्चालाई आनन्द लाग्ने गरी नुहाउन सक्नु आमाको कर्तव्य हो । शिशुको स्नान, कलाबारे आउनुस् जानकारी लिउँ ।मनतातो पानी, कट्न बड्स, नरम तौलिया, बेबी साबुन, सेम्पु, बेबी पाउडर र सफा कपडा । शिशुलाई नुहाउने ठाउँको तापमान कम्तीमा २१ डिग्री सेल्सियस जति हुनुपर्दछ । शिशुलाई बेबी बाथटब वा धारिलो किनार नभएको बाटा वा फराकिलो भाँडामा नुहाउन सकिन्छ ।

१. बच्चाको कोमल त्वचाले धेरै तातो वा चिसो पानी सहन सक्दैन । बच्चाको शरीर र पानीको तापक्रम लगभग बराबर बनाएरमात्र नुहाउन उपयुक्त भएकाले सबैभन्दा पहिले पानी छोएर जाँच गर्नुहोस् ।

२. बच्चालाई बेरेको तौलिया (रुमाल) हटाएर उसलाई सावधानीपूर्वक टबमा राख्नुहोस् । आफ्नो एउटा हातले बच्चाको अर्को हात समाती टाउको उचालेर राख्नुहोस् । कुनैकुनै बच्चा नुहाउँदा खेल्न रमाउँछन् । त्यसो हो भने नरम खेलौना दिए हुन्छ । खेलौनाले छरेको साबुन पानी आँखा मुखमा नपरोस् भन्ने ध्यान पु¥याउनु पर्छ ।

३. टबभित्र स्पन्ज राखेमा शिशु चिप्लिने डर हँुदैन । यदि बच्चा बढी चकचके छ भने उसले तातोपानीको धारा खोल्न नसकोस् भन्ने ध्यान पु¥याउनु आवश्यक छ ।

४. नुहाउन्जेल बच्चालाई लगातार एउटा हातले समातेर अर्को हातले नुहाइराख्नुस् । नुहाइसकेपछि शिशुलाई हल्कासँग तौलियामा बेर्नुहोस् ।

५. तौलियाले आफैं सोसेको पानीबाहेक अरू पानी हल्कासँग पुछेर जिउको चिसोपन एकछिन सुक्न दिनुहोस् । त्यसपछि बेबी पाउडर लिएर बच्चालाई लगाइदिनुस् । हामीले ध्यान दिनुपर्ने कुरा के छ भने छर्केर पाउडर लगाउँदा बच्चाको आँखा र मुखमा परेर फोक्सोमा असल पर्न सक्ने भएकोले बरफको सहायताले मात्र पाउडर लगाउन उपयुक्त हुन्छ ।

सावधानी

आफ्नो शिशुलाई पानीमा एक्लै कहिल्यै नछोड्नुहोस् । सानो बच्चा ५ से.मि.वा दुई इन्च पानीमा केही सेकेन्डमै डुबेर जोखिममा पर्न सक्छ । अग्लो सतहमा बच्चालाई नछोड्नु्होस्, ऊ लड्न सक्छ । नुहाउँदा टबमा बाथमेट वा स्पन्ज राख्नुहोस् । बच्चालाई नुहाउनु अघि पानीको ताप सधैं जाँच्नुहोस् ।

बच्चालाई कपडामा किन बेरिन्छ  ?

तपार्इंले पनि हेर्नु भएको होला, धेरैजसो बच्चालाई कपडामा बेरेर राखिन्छ । यसो गर्नुको कारण के हो भने बाह्य वातावरण, प्रकाश हावा आदि नवजात शिशुको लागि उदेकलाग्दो हुन सक्छ तर कपडामा बेरिएर कस्दा उसलाई गर्भमै भएको आभास हुन्छ । शिशु आमासँग टाँसिएर बस्दा गर्भकै भएको महसुस गर्छ तर हरेक समय यो सम्भव हुँदैन त्यसैले त्यस्तो अनुभूति दिन शिशुलाई कपडामा बेरेर राखिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. देवकोटाको उपचारका बिषयमा झुट्टा कुरा नलेख्न आग्रह
Next article स्तनपात गराउने सही तरिका

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131639
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web