• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 30th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

अस्पतालमा कस्को जिम्मेवारी के ?

December 21st, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अस्पतालमा कस्को जिम्मेवारी के ?

रवि चौधरी

अस्पतालमा डाक्टर र नर्सले आफ्ना बिरामीहरूलाई राम्रोसँग  हेरचाह गरेनन्, बेवास्ता गरे भन्ने जस्ता गुनासाहरू बिरामीका आफन्त र साथीभाइहरूले गर्ने गरेको यत्रतत्र सुन्न पाइन्छ तर अस्पतालमा आएका बिरामी र बिरामीलाई हेरचाह गर्ने आफन्त, अभिभावकको पनि अस्पतालप्रति आफ्नै प्रकारको दायित्व हुन्छ त्यो निर्वाह नगर्दा अस्पतालका डाक्टर, नर्स र अन्य कर्मचारीहरूले जतिसुकै मरिमेट्दा पनि बिरामीको उपचार पूर्ण हुन पाउँदैन भन्ने तथ्यलाई बिरामीका अभिभावकले बुझ्नुपर्ने हुन्छ । खै किन हो आजका दिनसम्म पनि यसबारे हाम्रो देश नेपालमा त खासै बहसको विषय नै ठानिएको छैन ।

एउटा अस्पताल चिकित्सा र गैरचिकित्साजन्य इकाइहरूको सम्मिलित रूप हो ।  चिकित्सासँग जोडिएका अनेक पक्ष र चिकित्सक प्रकृतिका पक्षसँगको आपसी समन्वय भएमात्र अस्पतालले आशा गरेअनुसारको फल प्राप्त गर्न सक्दछ तर हाम्रो समाजमा बिरामीको उपचार र स्याहारको सम्पूर्ण जिम्मेवारी डाक्टर र नर्सकै मात्र हो भन्ने मान्यता रहेको पाइन्छ ।

अस्पतालको सम्बन्धमा रहेको समाजको भ्रामक बुझाइ हटाउनु आजको जल्दोबल्दो विषय भएको छ । अस्पताललाई प्राविधिक अर्थमा मात्र हेरिनु हुँदैन अस्पताल भनेको डाक्टर, नर्स, फार्मेसिस्ट, थेरापिस्ट, ल्याब टेक्निसियनजस्ता व्यक्तिहरू र अनेक गैरचिकित्सक व्यक्तिहरू अर्थात् सहयोगी, सुरक्षाकर्मी, सफाइ कर्मचारीहरू, बिरामी र बिरामी हेरचाह गर्ने आफन्तसमेतको टिमको सम्मिलित रूप हो जस्को एकआपसको समन्वयले मात्र बिरामीको सफल उपचार सम्भव बन्दछ । अस्पताल सधंै वर्षको ३६५ दिन र दिनको चौबीसै घन्टा खुल्ला हुन्छ, यस्तो व्यस्त रहने संस्थामा डाक्टर र नर्सले मात्र यथेष्ट सेवा दिन सक्दैनन् बरु अस्पतालमा आएका बिरामीले पहिले भेट्ने रिसेप्सनिस्ट, सुरक्षाकर्मी, सफाइ कर्मचारी, अस्पताल व्यवस्थापन तथा अन्य कर्मचारीहरूको सहयोग र सेवाको पनि उत्तिकै भूमिका रहन्छ ।

गैरचिकित्सक कर्मचारीहरूले अस्पतालको दैनिक कार्य सुचारु गरेमात्र डाक्टर, नर्सहरूले तन्मयताका साथ बिरामीको उपचारमा यथेष्ट समय र ध्यान दिन सक्दछन् । जस्तै रिसेप्सनबाट बिरामीलाई चाहिँदो जानकारी दिए, डाक्टर, नर्स बिरामीको उपचार छाडेर यस्ता साधारण कार्यमा अल्झन पर्दैन, अझ भनौं बिरामीलाई मद्दत गर्ने गैरप्राविधिक कर्मचारी र तिनको सेवासँग नै सेवाग्राही पहिले परिचित हुन्छ । बिरामी र अभिभावकको अस्पतालप्रतिको दृष्टिकोण यिनै गैरप्राविधिकहरूको कार्यकुशलताले निर्धारण गर्दछ ।

अर्कोतर्फ सही तरिकाले जानकारी आदानप्रदान गर्नाले मात्र बिरामी र चिकित्सकको सम्बन्ध सुमधुर बनाउँछ । चिकित्सकले बिरामीका कुरा ध्यानपूर्वक सुन्ने अनि बिरामी र अभिभावकले पनि आफ्नो रोगको इतिहास यसअघि के कस्ता रोगहरू लागेको थिए, के कस्ता उपचार गरिएको थियो, कुन ठाउँमा उपचार गरिएको थियो, औषधि कुनकुन प्रयोग गरिएको थियो, घरपरिवारका अन्य सदस्यलाई पनि सो रोग लागेको थियो कि ? बिरामीको स्वास्थ्यसँग सरोकार राख्ने अन्य सबै कुराको यथार्थ जानकारी डाक्टरलाई बताउन अत्यन्तै जरुरी हुन्छ । यी सम्पूर्ण जानकारी डाक्टरले लिइसकेपछि भावी उपचारको योजना बनाई बिरामीलाई बुझाउने, बिरामी र अभिभावकले पनि डाक्टरको उपचार योजना विस्तृत रूपमा जान्न, बुझ्न र स्पष्ट हुन पाउने अधिकार रहन्छ, त्यसैले बिरामी र अभिभावकले आफू स्पष्ट नभइन्जेलसम्म भविष्यमा गरिने उपचार के कस्तो हो भनी यसका दूरगामी प्रभाव रे बुझ्ने जान्ने र उपचारमा लाग्ने खर्च आदिको बारेमा तयार रहनु उपचारको प्रारम्भिक चरण हो ।

बिरामी, अभिभावक र डाक्टर दुवै पक्षहरू उपचारको योजना, यसको उद्देश्यलगायतका कुरामा सहमत भइसकेपश्चात् बिरामी र अभिभावकले डाक्टरले बनाएको योजनाअनुसारको उपचार पूरा गर्न डाक्टरलाई सहयोग गर्नुपर्दछ तर कतिपय बिरामी र अभिभावकले सुरुमै विस्तृत कुरा नबुझेर अथवा बुझेरै पनि केही समयपछि उपचारमा असहयोग गर्ने, बीचमै बन्द गर्ने जस्ता कार्यहरू पनि गर्ने गर्दछन् । पूर्व सहमतिअनुुसारको उपचारको क्रममा डाक्टरले दिने सल्लाह, सुझाव र निर्देशनको पालना बिरामीले गर्नुपर्दछ, उपचारको क्रममा पूर्व योजनाबमोजिम उपचार भइरहेको छ वा छैन, उपचारले के कस्तो लाभ भइरहेको छ, अझ यसमा कुनै परिमार्जन गर्नुपर्ने पो हो कि भनी डाक्टरसँँग खुलेर कुरा गर्नु पर्दछ ।

उपचारको मुख्य पक्ष आर्थिक हो । उपचारमा के कति खर्च लाग्न सक्छ भन्ने अनुमान नगरी, यथार्थ नबुझी योजना बनाउनु हँुदैन, किनकि एकपटक उपचार सुरु गरिसकेपछि त्यसमा लागेको खर्च बिरामीले तिर्नुपर्ने नै हुन्छ बरु उपचारका लागि आर्थिक अभाव भए यसबारेमा डाक्टरसँग खुलेर करा गर्नुपर्दछ । अभिभावकले आफूसँग भएका आर्थिक स्रोतका आधारमा बुद्धिमत्तापूर्वक उपचारको छनोट गर्ने कुरामा सचेत रहनुपर्छ । डाक्टर, बिरामी तथा अभिभावकहरूका बीचमा आपसी सहयोग, समझदारी र सहकार्य हुन सक्दा अनि डाक्टर, नर्स र बिरामी तथा अभिभावकले आ–आफ्नो जिम्मेवारी र कर्तव्यलाई सही ढंगले निर्वाह गर्न सकेमात्र बिरामीको उपचार सहज, सुलभ र प्रभावकारी हुने गर्दछ तर सामान्यतया हाम्रो समाज वरपर देखिने गरेको दृश्य निम्नानुसार हुने गर्दछ ।

१. बिरामी, अभिभावकहरूले अस्पतालका कर्मचारीहरूसँग वादविवाद गरिरहेका हुन्छन् ।

२. धेरै मानिससँगको भेटघाट, सम्पर्कबाट बिरामीलाई थप संक्रमण हुन सक्छ, भेटघाट गर्न आउनेलाई पनि बिरामीको रोग सर्न सक्दछ भन्ने कुराको ख्यालै नगरी भेटघाटमा आउने मानिसलाई यस्ता कारणले रोक्ने सुरक्षाकर्मीहरू सँगै झगडा गर्ने गर्दछन् ।

३. भेटघाट गर्न आउने आगन्तुकले चिकित्सामा संलग्न डाक्टर, नर्सहरूसँग के भएको ? के हो  कारण ? कस्तो उपचार चल्दैछ ? किन यस्तो ? त्यस्तो गर्दा हुँदैन ? जस्ता अनेक थरी प्रश्न गर्ने र डाक्टरकोे समय नष्ट गर्ने र डाक्टरलाई नै संशयमा पार्ने गरेको पाइन्छ ।

४. आफूलाई  भेट्न आउने र आफ्नो व्यवहारले अस्पतालका अन्य बिरामीलाई परेको असरको बारेमा बेवास्ता गर्ने गरेको पाइन्छ ।

५. अझ कतिपय बिरामीले त ठूलो स्वर गरी मोबाइल फोनमा कुरा गर्ने, चर्को आवाजको रिङटोन राख्ने गरेको पाइन्छ ।

६.डाक्टर र नर्सको भनेको नमान्ने अटेर गर्ने गरेको पाइन्छ ।

 

बिरामीले आफ्नो जिम्मेवारी पूरा गर्न यस्तो हुनुपर्ने हो

१. डाक्टर, तथा अन्य स्वास्थ्यकर्मीहरूलाई आफ्नो रोगको बारेमा सबै आवश्यक सूचना र जानकारी दिने, जसले गर्दा बिरामीको अवस्थाको सही पहिचान भई उपचार र स्याहार राम्रो हुन सकोस् ।

२. सधैं जिम्मेवारीपूर्ण व्यवहार गर्ने, अन्य बिरामीको अधिकारको सम्मान गर्ने, अस्पतालका कर्मचारीहरूलाई सहयोग गर्ने ।

३. आफ्नो ठेगाना र सम्पर्क नं परिवर्तन भएको भए बेलैमा जानकारी गराउने ।

४. पूर्वयोजनाअनुसारको कुनै जाँच वा अन्य चिकित्सकीय प्रक्रिया नगर्ने हो भने यथाशीघ्र त्यसको जानकारी दिने ।

५. अस्पतालको वातावरण र अस्पतालको उपकरण सामग्रीको सम्मान गर्ने ।

६. अस्पतालका नियमहरू सरल तरिकाले पालना गर्ने जस्ले गर्दा उपचार छिटो, छरितो हुन जाओस् ।

७.अस्पतालले तोकिदिएको भिजिटिङ समयको पालना गर्ने, अस्पतालको सरसफाइ, डाक्टरको राउन्ड हुने समयको जानकारी राख्ने, जस्ले गर्दा दुवै पक्षलाई सहयोग होस् ।

८. निषेध गरिएका विषयहरूको पालना गर्ने जस्तै धूमपान, मोबाइल फोन निषेध र सम्बन्धित कर्मचारीबाहेक सर्वसाधारणलाई निषेध गरिएको स्थानमा नजाने ।

९.आफ्ना सरसामानलाई सुरक्षित राख्ने, महत्वपूर्ण कागजपत्र, रुपैयाँ पैसालाई आफूसँगै राख्ने, जहाँ पायो त्यही नछाड्ने ।

१०. अन्य बिरामीहरूलाई असर पर्ने किसिमका कुनै पनि कार्य नगर्ने ।

११. उपचारको योजनामा विश्वास गर्ने र डाक्टरलाई सहयोग गर्ने ।

१२.कुनै कुराको बारेमा स्पष्ट नभएमा चिकित्सकसँग नलजाइ, नधकाई सोध्ने ।

यसरी हेर्दा डाक्टर र बिरामीका बीचमा निरन्तर सहकार्य भएमा मात्रै सफल उपचार तथा स्याहार हुन सम्भव छ, डाक्टर र बिरामीका बीचमा हदैसम्मको साझेदारी नै हुनुपर्छ भन्ने त होइन तथापि दुवै पक्षले आ–आफ्नो जिम्मेवारीहरू निर्वाह गर्ने र एकअर्काको जिम्मेवारीलाई बुझेर सम्मान गर्ने हो भने त्यसले बिरामीको उपचारको लागि उत्प्रेरकको वातावरण सिर्जना गर्दछ । डाक्टरले आफ्नो योग्यता र क्षमताले भ्याएसम्म जिम्मेवार ढंगले बिरामीको उपचार गर्ने तथा बिरामीले आफ्ना कुरा खुलस्त राखेर रोगको पहिचान तथा भावी उपचार के कस्तो गर्ने भन्नेबारे छलफल गर्ने र सोही उपचार योजनाअनुसार चिकित्सक र अस्पतालका कर्मचारीहरूलाई सहयोग गर्ने हो भने यो सबैको सहकार्यले सबैभन्दा राम्रो उपचार परिणाम निस्कन सक्दछ ।

(चौधरी बयोधा हस्पिटलका प्रबन्ध निर्देशक हुन् ।)

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पैसाकालागि कण्डम बिनै यौन सम्पर्क
Next article पेटमै केटा वा केटी कसरी छुट्टिन्छ ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131636
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web