• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

युनिसेफद्वारा दुई स्वास्थ्यचौकी भवन हस्तान्तरण

December 24th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
युनिसेफद्वारा दुई स्वास्थ्यचौकी भवन हस्तान्तरण

गोरखा, ९ पुस : भूकम्पले क्षति पु¥याएको गोरखाका दुईवटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गरी युनिसेफले हस्तान्तरण गरेको छ ।

युनिसेफको आर्थिक सहयोगमा स्वाँरा सघन गाउँ विकास केन्द्रले गोरखा नगरपालिका–१२ तारानगर र बक्राङ स्वास्थ्यचौकी भवन निर्माण गरी स्थानीय तहका प्रतिनिधिलाई हस्तान्तरण गरेको हो ।

युनिसेफका गोरखा प्रमुख मोहम्मद इद्रिस खानले गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तलाई तारानगर स्वास्थ्यचौकी र शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापामगरलाई बक्राङ स्वास्थ्यचौकीको साँचो हस्तान्तरण गर्दै रु ५५ लाखका दरले स्वास्थ्यचौकी निर्माण गर्न लगानी गरिएको बताउनुभयो । यी स्वास्थ्यचौकी छ कोठाका छन् ।

शनिबार आयोजित भवन हस्तान्तरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले भूकम्पले भत्काएका ५५ स्वास्थ्यचौकी भवनमध्ये अधिकांश भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो । भवन बनेपछि अस्थायी टहरोमा बिरामी राखेर उपचार गर्नु पर्दैन भने बर्थिङ सेण्टर सञ्चालनमा आएपछि प्रसुति गराउन सजिलो भएको छ ।

युनिसेफले गोरखामा १२ वटा स्वास्थ्यचौकी भवन पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएअनुसार अहिलेसम्म सात वटा निर्माण गरी हस्तान्तरण गरेको छ भने बाँकी भवन हस्तान्तरणको तयारीमा छ । सडक सुविधा नपुगेको गुम्दाको माछाखोला स्वास्थ्यचौकी भवन पुनःनिर्माणमा भने सामान ढुवानीमा ढिलाइ हुँदा पुनःनिर्माण शुरु भएको छैन । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article जानी राखौं किन चिलाउँछ योनी
Next article अर्बुदरोग निवारणमा तेश्रो पटक लोकेन्द्र

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132453
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

33
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web