• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी

December 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी

हेल्थ टुडे

काठमाडौं :  सिटामोल समेत छैन् स्वास्थ्य संस्थामा, सिटामोल समेत दिन सकेन सरकारले, सिटामोल समेत पाएनन् विरामीले । यी र यस्तै समाचार विभिन्न सञ्चार माध्यममा आइरहन्छन । तर वास्तविकता के हो भने सिटामोलको उत्पादन बन्द भएको ७ वर्ष भइसकेको छ । आर्थिक अवस्था खस्केको नेपाल औषधि लिमिटेडले जिएमपी मापदण्ड पुरा गर्न नसकेपछि २०६७ साल देखि नै सिटामोलको उत्पादन बन्द भएको थियो ।

तर उसले उत्पादन गर्ने सिटामोलको नाम भने हरेक नेपालीको जनजिव्रोमा झुण्डिइ नै रह्यो । टाउको दुखेको, ज्वरो आएको जस्ता समान्य रोगको उपचारका लागि सिटामोल नेपाली औषधिको ब्राण्ड नै बनेकाले सञ्चारकर्मीहरुले पनि औषधि अभावको सट्टा सिटामोल लेख्ने गरेका छन् । तर अब भने साच्चिकै त्यो सिटामोलको उत्पादन फेरि सुरु हुने भएको छ । नेपाल औषधि लिमिटेडले माघको दोश्रो हप्तादेखि सिटामोल उत्पादन गरेर बजारमा पठाउने तयारी गरिरहेको र त्यसको ९० प्रतिसत काम सम्पन्न भएको बताएको छ । सिटामोल उत्पादन हुने खबरले नेपालीको औषधि बजार मात्र नभएर उपभोक्ता समेत खुशी भएका छन् ।

अनामनगरका चिया व्यापारी मनोहर श्रेष्ठले सिटामोल फेरि बजारमा आउने कुरा सुनेपछि हर्षित भएको बताए । उनले भने, ‘ सिटामोल जस्तो गुणस्तरीय ब्राण्ड फेरि आउनु हामी सबै उपभोक्ताका लागि खुशीको कुरा हो । ’ चर्चा कमाउनका लागि मात्र नभएर देशभरिका स्वास्थ्य संस्थामा पुग्ने गरि उत्पादन गर्नु पर्ने उनको सुझाव छ । उपभोक्ता मात्र नभएर औषधि व्यापारी पनि सिटामोलको उत्पादन हुने खवरले खुशी छन् । पुरानो बानेश्वरस्थित सुस्वास्थ्य फार्मेसीका नरोत्तम घिमिरेले  सिटामोलको उत्पादन फेरि बन्द हुने गरि सञ्चालन गर्न नहुने बताउदै यो खबरले खुशी भएको बताए । नेपाल औषधि लिमिटेडका महाप्रवन्धक रोभसकुमार सेवेदीले सिटामोल उत्पादनकालागि कच्चा पदार्थ, प्याकेजिङ र वितरण गर्ने कम्पनी समेत छनौट भइसकेकाले उत्पादन हुनेमा शंका नरहेको बताए ।

७ वर्ष पहिले जिएमपी मापदण्ड पुरा नगरेको भन्दै यसको उत्पादन बन्द भएको थियो । अहिले गुणस्तर नियन्त्रण र माइक्रोवायोलोजी  साखालाई जिएमपी मापदण्डमा स्तरोन्नती गरेपछि उत्पादन सुरु हुने भएको हो । कम्पनीले लामो समयदेखि बन्द रहेको अर्को ब्राण्ड जिवन जल समेत गत बैखाखदेखि बजारमा ल्याएको छ । तर बजारको आवश्यकता अनुसार भने उत्पादन गर्न सकिरहेको छैन । पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको पहलमा बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले पुनर्जिवन पाउन थालेको हो । जोशीकै पालामा ७ करोड रुपैया विनियोजन गरेर जिवनजल र सिटामोलको उत्पादन थाल्ने कामको सुरुवात भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा. काफ्ले भन्छन, अरु दिन भ्याईदैन भने जन्मदिनमा त गरौ किड्नी जाँचौ
Next article गर्भ खेर गए के गर्ने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web