• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी

December 27th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिटामोल उत्पादन हुने खबरले उपभोक्ता खुशी

हेल्थ टुडे

काठमाडौं :  सिटामोल समेत छैन् स्वास्थ्य संस्थामा, सिटामोल समेत दिन सकेन सरकारले, सिटामोल समेत पाएनन् विरामीले । यी र यस्तै समाचार विभिन्न सञ्चार माध्यममा आइरहन्छन । तर वास्तविकता के हो भने सिटामोलको उत्पादन बन्द भएको ७ वर्ष भइसकेको छ । आर्थिक अवस्था खस्केको नेपाल औषधि लिमिटेडले जिएमपी मापदण्ड पुरा गर्न नसकेपछि २०६७ साल देखि नै सिटामोलको उत्पादन बन्द भएको थियो ।

तर उसले उत्पादन गर्ने सिटामोलको नाम भने हरेक नेपालीको जनजिव्रोमा झुण्डिइ नै रह्यो । टाउको दुखेको, ज्वरो आएको जस्ता समान्य रोगको उपचारका लागि सिटामोल नेपाली औषधिको ब्राण्ड नै बनेकाले सञ्चारकर्मीहरुले पनि औषधि अभावको सट्टा सिटामोल लेख्ने गरेका छन् । तर अब भने साच्चिकै त्यो सिटामोलको उत्पादन फेरि सुरु हुने भएको छ । नेपाल औषधि लिमिटेडले माघको दोश्रो हप्तादेखि सिटामोल उत्पादन गरेर बजारमा पठाउने तयारी गरिरहेको र त्यसको ९० प्रतिसत काम सम्पन्न भएको बताएको छ । सिटामोल उत्पादन हुने खबरले नेपालीको औषधि बजार मात्र नभएर उपभोक्ता समेत खुशी भएका छन् ।

अनामनगरका चिया व्यापारी मनोहर श्रेष्ठले सिटामोल फेरि बजारमा आउने कुरा सुनेपछि हर्षित भएको बताए । उनले भने, ‘ सिटामोल जस्तो गुणस्तरीय ब्राण्ड फेरि आउनु हामी सबै उपभोक्ताका लागि खुशीको कुरा हो । ’ चर्चा कमाउनका लागि मात्र नभएर देशभरिका स्वास्थ्य संस्थामा पुग्ने गरि उत्पादन गर्नु पर्ने उनको सुझाव छ । उपभोक्ता मात्र नभएर औषधि व्यापारी पनि सिटामोलको उत्पादन हुने खवरले खुशी छन् । पुरानो बानेश्वरस्थित सुस्वास्थ्य फार्मेसीका नरोत्तम घिमिरेले  सिटामोलको उत्पादन फेरि बन्द हुने गरि सञ्चालन गर्न नहुने बताउदै यो खबरले खुशी भएको बताए । नेपाल औषधि लिमिटेडका महाप्रवन्धक रोभसकुमार सेवेदीले सिटामोल उत्पादनकालागि कच्चा पदार्थ, प्याकेजिङ र वितरण गर्ने कम्पनी समेत छनौट भइसकेकाले उत्पादन हुनेमा शंका नरहेको बताए ।

७ वर्ष पहिले जिएमपी मापदण्ड पुरा नगरेको भन्दै यसको उत्पादन बन्द भएको थियो । अहिले गुणस्तर नियन्त्रण र माइक्रोवायोलोजी  साखालाई जिएमपी मापदण्डमा स्तरोन्नती गरेपछि उत्पादन सुरु हुने भएको हो । कम्पनीले लामो समयदेखि बन्द रहेको अर्को ब्राण्ड जिवन जल समेत गत बैखाखदेखि बजारमा ल्याएको छ । तर बजारको आवश्यकता अनुसार भने उत्पादन गर्न सकिरहेको छैन । पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीको पहलमा बन्द अवस्थामा रहेको नेपाल औषधि लिमिटेडले पुनर्जिवन पाउन थालेको हो । जोशीकै पालामा ७ करोड रुपैया विनियोजन गरेर जिवनजल र सिटामोलको उत्पादन थाल्ने कामको सुरुवात भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भ खेर गए के गर्ने ?
Next article डा. काफ्ले भन्छन, अरु दिन भ्याईदैन भने जन्मदिनमा त गरौ किड्नी जाँचौ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jun 12th 8:41 AM
समाचार

सुर्ती उद्योगको प्रभावमा परेर सुर्तीजन्य पदार्थमा बृद्धि भएन करको दर

Jun 11th 7:55 AM
समाचार

औषधीको मूल्य नीति सम्बन्धी प्रतिवेदन प्रति औषधि व्यवसायीको विरोध

Jun 10th 7:34 AM
समाचार

अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम संचालन हुने

Jun 9th 9:04 AM
समाचार

दश वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदामा छलफल

Jun 5th 8:11 AM
समाचार

निर्माण सम्पन्न भएर अलपत्र आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

Jun 4th 7:58 AM
समाचार

डा.केदार सुवेदीको नेतृत्वमा नेपाल भेटेरिनरी एशोसिएसनको नयाँ कार्यसमिति

Jun 4th 7:32 AM
समाचार

चिकित्सक संघ, रोटरी क्लव र डब्लूएचओको पहलमा सर्पदंश रोकथाम सम्वन्धी कार्यशाला सम्पन्न

Jun 3rd 12:24 PM
समाचार

विश्व ब्रेन ट्युमर दिवसका अवसरमा नर्भिकले निःशुल्क ओपीडी सञ्चालन गर्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131597
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web