हेल्थ टुडे
काठमाडौं, पुष : कारवाही गर्नु पर्ने विवादास्पद स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीलाई मन्त्रीपरिषद्ले बिहीबार स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गरेको छ । प्रसूति गृहको निर्देशक भएका बेला आर्थिक अनियमितता गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा.चौधरीलाई कारवाही गर्न २०७४ असार २ गते स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । डा. पुष्पाले उक्त पत्र कर्मचारीसंगको मिलेमतोमा तत्कालिन स्वास्थ्य सचिव र मन्त्रीसम्म पुग्न नै नदिएर लुकाउन लगाएकी थिइन ।
डा.चौधरीले सरकारलाई जानकारी नै नदिई बेलायतमा मुख्य कार्यालय रहेको स्त्री रोग विशेषज्ञहरुको अन्तर्राष्ट्रिय संगठन फिगोबाट प्रति महिना करिव डेढ लाख रुपैया (१५ सय अमेरिकी डलर) तलव लिने गरि जनवरी १, २०१५ देखि २०१७ डिसेम्बरसम्म तीन बर्षे सम्झौता गरेपछि उनी अर्को बिबादमा तानिएकी थिइन । स्वास्थ्य सेवा ऐन अनुसार कुनै पनि सरकारी कर्मचारीले दोहोरो सुविधा लिन नपाइने व्यवस्था छ । डा.चौधरीलाई अंगिकृत नागरिक भएको र उमेर घटाएर नागरिकता बनाएको आरोप पनि छ । आफ्नो उमेर र नागरिताका बिषयमा मिडियामा आएका समाचारका बिषयमा आफूले चाडै पत्रकार सम्मेलन गर्ने उनले बताएकी छन् । यसका साथै सेवा अवधिमा कहिल्यै पनि राजधानी बाहिर नगएको, राजधानी बाहिरका जिल्लाको स्वास्थ्यकर्मीका समस्या नबुझ्ने, एनजिओ र आईएनजीओसँग आर्थिक चलखेलमात्र गर्ने, कर्मचारीसँग रुखो व्यवहार गर्ने जस्ता दर्जनौ आरोप उनी मातहतका कर्मचारीले लगाउने गरेका छन । स्वास्थ्य मन्त्री दीपक बोहोराले आर्थिक प्रलोभनमा परेर डा. चौधरीलाई सचिवमा नियुक्त गर्न मन्त्रीपरिषद्मा दवाव दिएको स्रोतले बताएको छ ।
गत मंसिर १८ गते मन्त्रालयकी सचिव डा. किरण रेग्मी अवकास भएपछि स्वास्थ्यमा सचिवको पद रिक्त थियो । हिजो बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका बाह्रौ तहमा कार्यरत डा. विनोदमान श्रेष्ठ, डा. सुशिल प्याकुरेल र डा. पुष्पा चौधरीलाई नियुक्तीका लागि सिफारिस गरेको थियो । बिहीबार बसेको मन्त्री परिषद्ले सिफारिस भएका मध्ये विवादास्पद् डा.चौधरीलाई नियुक्त गरेको हो । गलत गर्ने चिकित्सकलाई कारवाही गर्नु पर्नेमा पैसाका बलमा पुरस्कृत गर्ने संस्कार बसालेकोमा स्वास्थ्यका अधिकारीले चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयका एक अधिकारीले भने, ‘ डा. चौधरीको नियुक्तीले मन्त्रालयमा गलत संस्कार बसालेको छ । यसलाई सच्याइनु पर्छ । ’







Leave a Reply