• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • June 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

के ट्रम्पलाई मानसिक समस्या छ ?

January 7th, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
के ट्रम्पलाई  मानसिक समस्या छ ?

वासिङ्टन (बीबीसी)  :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोह्वाइटहाउस यात्राबारे पत्रकार माइकल वोल्फले लेखेको पुस्तकमा समावेश विवरण र त्यसबारे प्रतिक्रियापछि उनको ‘मानसिक अवस्था’ बारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । ट्रम्पका विपक्षीहरूले पहिल्यैदेखि नै उनी राष्ट्रपतिका लागि मानसिक रूपमा उपयुक्त नभएको बताउँदै आएका थिए । तर दुई दिन अगाडि सार्वजनिक भएको वोल्फको पुस्तकसँगै यसबारेका पोस्टले सामाजिक सञ्जालमा बहस तातेको छ । बीबीसीले व्यक्तिगत स्वभाव, कडा मिजास र वाक शैलीका कारण विगतका राष्ट्रपतीय कार्यकालमा भन्दा केही राजनीति परिवर्तन भएको जनाएको छ । तर यिनै विशेषताका कारण उनका आलोचकलाई उनको मानसिक अवस्थाबारे थप प्रश्न खडा गर्ने मौका मिलेको छ ।

वोल्फले ‘फायर एन्ड फयुरी स् इन्साइड दि ट्रम्प ह्वाइटहाउस’ नामक पुस्तकमा ट्रम्पले कतिपय विषय दोर्होयाइरहने उल्लेख गरेका छन् । यसको कारण स्मरणशक्तिको ह्रास भएको आशंका गरिएको छ । ट्रम्पको यस्तो बानी ‘डिमेन्सिया’ को लक्षण हो । विश्व स्वास्थ्य संगठनका अनुसार उक्त रोगबाट ६० वर्षमाथिका ५ देखि ८ प्रतिशत मानिस पीडित छन् । अमेरिकी राष्ट्रपति ७१ वर्षका छन् । कतिपय मनोवैज्ञानिकहरूले ट्रम्पको व्यवहारमा उक्त लक्षणहरू देखिँदै गएको आशंका गरेका थिए । यसबारे कपितप पुस्तकहरू पहिल्यै नै बजारमा उलपब्ध छन् । बन्डी एक्स लीको ‘द डेन्जरस केस अफ डोनाल्ड ट्रम्प’, एलेन फ्रान्सेसको ‘ट्वीलाइट अफ अमेरिकन स्यानिटी’ र कुर्ट एन्डरसनको ‘फेन्टासिल्यान्ड’ केही उदाहरण हुन् । एल विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक लिले गतमहिना डेमोक्रयाट पार्टीका सिनेटरहरूसँग राष्ट्रपति ट्रम्पमा ‘मनोरोगीका लक्षण’ देखा पर्न थालेको बताएका थिए । तर कसैले पनि उनको अवस्थाबारे कानुन तथा नैतिक मर्यादाबारे प्रश्नभने उठाएका छैनन् ।

अमेरिकी संविधानको २५ औं संशोधनले यदि कुनै पनि राष्ट्रपतिले ‘आफ्नो कार्यक्षमता तथा कर्तव्य पूरा गर्न असमर्थ भए’ उप–राष्ट्रपतिले उक्त जिम्मेवारी बहन गर्ने व्यवस्था गरेको छ । यसअघि अब्राहम लिंकन पनि ‘डिप्रेसन’ को सिकार भएका थिए । सन् १९८१ देखि १९८९ सम्म अमेरिकी राष्ट्रपति बनेका रोनाल्ड रेगनले पाँच वर्षसम्म ‘अल्जाइमर’ रोगको उपचार गराएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यी हुन् केपी ओलीका छोराछोरी !
Next article स्तनपान गराउने आमा तनावरहित

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Jun 1st 9:20 AM
समाचार

नेपाल र किम्स अस्पतालबीच स्वास्थ्य सेवामा सीप र क्षमता अभिवृद्धिका लागि सहकार्य

May 31st 5:22 PM
समाचार

अनलाईन खवरका स्वास्थ्य पत्रकार चौलागाई सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:14 PM
समाचार

हेल्थ टिभीअनलाइनकी सम्पादक आचार्य सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 5:02 PM
समाचार

मेडिकल पत्रका सम्पादक कट्टेल सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:42 PM
समाचार

सुर्तीजन्य पदार्थ विरुद्वका अभियन्ता डा. बम सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 31st 4:28 PM
समाचार

नेपाली हेल्थका सम्पादक न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

May 26th 11:19 AM
समाचार

भारतका १६ राज्यमा फैलियो कोरोना संक्रमण, १ हजार भन्दा बढीमा संक्रमण पुष्टि

May 25th 10:13 AM
समाचार

नेपालमा पहिलोपटक नेपाली चिकित्सकद्वारा मस्तिष्कमृत व्यक्तिको मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131548
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

10
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

18
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web