• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला विरामीलाई भत्ता भन्दा निःशुल्क औषधि दिनु उपयुक्त : डा. काफ्ले

March 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला विरामीलाई भत्ता भन्दा निःशुल्क औषधि दिनु उपयुक्त : डा. काफ्ले

हेल्थ टुडे,

काठमाडौं, २२ फागुन  : मिर्गौला विशेषज्ञ एवं राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा. ऋषिकुमार काफ्ले सरकारले मिर्गौला विरामीलाई जीविकोपार्जन भत्ता भन्दा पनि प्रत्यारोपण गरेकालाई निशुल्क औषधि उपलब्ध गराउन उपयुक्त हुने सुझाव दिएका छन् ।

विश्व मिर्गौला दिवसको पुर्वसन्ध्यामा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा.काफ्लेले बिगत एक दशकको अवधिमा नेपालमा मिर्गौला उपचारका क्षेत्रमा धेरै प्रगति भएको तथ्यांक प्रस्तुत गर्दै जिविकोपार्जन भत्ताका बिषयमा सरकारले हतारमा निर्णय गरेकाले यसलाई सच्याउन सकिने ठाउ भएको बताए । नेपालमा ३० लाख जनसंख्यामा कुनै नै कुनै मिर्गौला सम्बन्धि समस्या रहेको, ३० हजारको मिर्गौला बिग्रिएको र तीन हजारको हरेक वर्ष मिर्गौला फेल हुने गरेको तथ्यांक प्रस्तुत गर्दै नेपाल जस्तो आर्थिक अवस्था कमजोर भएको राष्ट्रले यति धेरै व्ययभार बेहोर्न भविश्यमा समस्या सिर्जना हुने उनको अनुमान छ । सरकारले गत महिना मात्र मिर्गौला विरामीलाई आजन्म प्रतिमहिना ५ हजारका दरले जिविकोपार्जन भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । उनले भने, ‘मलेसियामा ४५ हजारले डाइलासिस गराएर बसेका छन् । भोलीका दिनमा हाम्रो देशमा पनि दशौं हजारले डाइलासिस गराएर बस्नपर्ने अवस्था आए सरकारले सबैलाई भत्ता दिएर सक्ला र ? त्यसैले सरकारले भत्ता भन्दा प्रत्यारोपण गरेका विरामीहरुलाई निशुल्क औषधि उपलब्ध गराउनु पर्छ । ’

मिर्गौला प्रत्यारोपण गराएका व्यक्तिहरुले आजन्म औषधि सेवन गर्नु यथार्तता दर्शाउदै महंगो औषधि किनेर खान धेरैलाई समस्या पर्ने गरेकोले भत्ता भन्दा औषधि निशुल्क उपलब्ध गराउन पहल गर्ने पर्नेमा जोड दिए । सरकारले मिर्गौला फेल भएका विरामीका लागि डाइलासिस र प्रत्यारोपण निशुल्क गर्नु ठूलो उपलब्धि भएको बताउदै डा. काफ्लेले मिर्गौलाका विरामीको संख्या दिनप्रतिदिन बढ्दै जानु चिन्ताको बिषय हो । उपचार गरेर मात्र अब मिर्गौला समस्याको समाधान नहुने भन्दै डा. काफ्लेले मिर्गौला बचाउ अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार यो अभियानमा प्रत्येक व्यक्तिले मिर्गौला बचाउ अभियानका लागि ५ सय रुयैया सहयोग गरेर अभियानमा सहभागी हुन सक्नेछन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काउन्सिललाई ढाँटे नर्भिकका  डाक्टरले
Next article सरकारी स्वास्थ्य सेवाबाट महानगरवासी नै वञ्चित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133785
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

144
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

130
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web