• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

काउन्सिललाई ढाँटे नर्भिकका  डाक्टरले

March 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
काउन्सिललाई ढाँटे नर्भिकका  डाक्टरले

काठमाडौ : देब्रेको सट्टा दाहिने घुडाको शल्यक्रिया गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलका चिकित्सकले नेपाल मेडिकल काउन्सिललाई समेत
ढाँटेका छन् ।काउन्सिलले शल्यक्रियामा संलग्न चिकित्सकलाई बोलाएर सोधपुछ गर्दा उनीहरूले  बिरामी देब्रे घुडाका लागि आएको त हो , तर हाम्रो नजरमा दाया घुडामा समस्या देखिएकाले शल्यक्रिया गरेका हौ  भनेर दाबी गरेका थिए ।शल्यक्रियामा डा. प्रवीण नेपाल र डा.शैलेज रञ्जितकार संलग्न थिए । चिप्लिएर खुट्टाको लिगामेन्ट च्यातिएका कारण अस्पताल भर्ना भएकी बिन्दु पौडेलको देब्रेको सट्टा दाहिने घुडाको शल्यक्रिया गरिएको थियो। एमआरआई परीक्षणबाट देब्रे घुडाको शल्यक्रिया गर्नुपर्ने देखिए पछि पौडेल उपचारका लागि चितवनबाट
नर्भिकमा आएकी थिइन् । काउन्सिलबाट कारबाहीमा परिने डरले उनीहरूले सरासर ढाटेका हुन्,’ काउन्सिलका एक पदाधिकारीले  भने , ‘ जनदबाब पर्दा बिरमीसग गल्ती स्वीकार गरेर ढाकछोप गर्ने र कानुनी कारबाहीमा परिने डरले काउन्सिलमा आफूले गल्ती नगरेको दाबी गर्ने प्रवृत्ति देखियो।’ डा. नेपाल, डा.रञ्जितकार , नर्भिकका एक्जुकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंह, बिरामीका  पति किशोर पौडेल लगायतबीच भएको लिखित सहमतिपत्रमा ‘ भूलवश मानवीय त्रुटिका कारण दाहिने घुडाको अप्रेसन हुन गएको  तथ्य उपचारमा संलग्न हामी चिकित्सक प्रवीण नेपाल र शैलेज रञ्जितकार , नर्भिक हस्पिटल स्वीकार गर्दछौ ’ उल्लेख छ ।‘ यो लापरबाही नै हो , सार्वजनिक रूपमा समेत उहाहरूले आफ्नो गल्ती स्वीकार गरि सक्नुभएको छ,’ काउन्सिलका ती पदाधिकारीले भने , ‘ यो प्रकरणमा कसैले उजुरी नदिए पनि जनचासोको विषय भएकाले काउन्सिललेआफै छानबिन थालेको हो।’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले यो प्रकरणमा सरोकारवाला, विशेषज्ञ लगायत सबैसग छलफल र छानबिन भइरहेको जानकारी दिए । ‘ छानबिन तथा विज्ञको सुझावका आधारमा नर्भिक प्रकरणमा भोलि (बुधबार ) को काउन्सिल पूर्ण बैठकले निर्णय लिने छ ।’ काउन्सिलले यो प्रकरणमा चिकित्सकलाई निलम्बनसम्मको कारबाही गर्न सक्ने जानकारी स्रोतले दिएको छ । नर्भिकले यो प्रकरणमा पीडित पक्षसग भूलवश गल्ती भएको स्वीकार गर्दै सम्पूर्ण उपचार खर्च बेहोर्ने र भविष्यमा कुनै जटिलता आए उपचार गरिदिने सहमति गरेको छ ।कान्तिपुरबाट

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भरतपुर अस्पतालमा सुविधा सम्पन्न ‘डेण्टल चियर’
Next article मिर्गौला विरामीलाई भत्ता भन्दा निःशुल्क औषधि दिनु उपयुक्त : डा. काफ्ले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web