हेल्थ टुडे,
काठमाडौँ:नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । मिर्गाैला, नशा र छातीको संक्रमणबाट पीडित खड्काको ६७ वर्षका उमेरमा उपचारका क्रममा भारतको नयाँ पदल्लीस्थित एपोलो अस्पतालमा निधन भएको हो ।
उनको उपचारमा संलग्न चिकित्सकहरुले उनलाई बचाउन नसकेको बताएका छन्। अपोलोका प्रबन्ध निर्देशक डा अशोक वाजपेयीले खड्काजीलाई बचाउन नसकेकोमा दुख व्यक्त गरेका छन्।
नेपाली काँग्रेसले औपचारिक रुपमा खड्काको निधनको पुष्टि गरेको छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले खड्काको निधनको पुष्टी गर्दै उहाँको आत्माको शान्तिको कामना गर्दै परिवारजनमा पार्टीका तर्फबाट समवेदना प्रकट गरेका छन्।
खड्काको साँढे दुई बर्ष अघी चिकित्सक सन्दिप गुलेरिया सहितको टीमले मृगौला ट्रान्सप्लान्ट अपोलोमै गरेका थिए। खड्काको उपचारमा मृगौला ट्रान्सप्लान्ट विज्ञ डा सन्दिप गुलेरिया, छातीरोग विज्ञ डा राजेश चावला र मष्तिस्क रोग विशेषज्ञ मुकुल वर्मा नेतृत्वको अनुभवी टीम लागेको थियो। नेता खड्कालाई संकमणको खतरा रहेका कारण आइसियूमा पनि अलग्गै राखेर उपचार भइरहेको थियो। तर अनेक प्रयास अनेक शुभ्च्छाको वावजुद पनि खड्कालाई चिकित्सकहरुले पनि बचाउन सकेनन्। काँग्रेस नेता खड्काप्रति श्रद्धा शुमन ।
Leave a Reply