• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

April 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

इलाम, २२ चैत : इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् ।स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् । जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाका अस्पतालबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएको बोर्डका कर्मचारी खेमराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले बिमितको संख्या बढेसँगै सेवा समेत थप गरिएको जानकारी दिनुभयो । सेवा लिने बिरामीले एक हजार ११८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरिएको उहाँले वताउनुभयो । विगतमा ५३० प्रकारका मात्र औषधि निःशुल्क वितरण हँुदै आएको थियो । पाँच सय ८८ प्रकारका औषधि थप गरी अहिले एक हजार ११८ प्रकारका निःशुल्क औषधि पाउने व्यवस्था भएको जनाइएको छ ।यस्तै बिमितलाई अस्पतालबाट आकस्मिक, अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला, एमआरआइ सेवा र ४० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य जोखिम परीक्षण सेवासमेत दिइँदै आइएको छ ।स्वास्थ्य सेवालाई सहज बनाउन इलामका चार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क एक्स्रे उपकरण उपलब्ध गराइएको छ । जिल्लाका ग्रामीण क्षेत्र मानिएका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङका प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपकरण प्रदान गरिएको उक्त बोर्डले जनाएको छ ।पाँच जनासम्म भएका प्रतिपरिवारले रु दुई हजार ५०० जम्मा गरे एक वर्षभित्रमा रु ५० हजारसम्मको निःशुल्क उपचार गराउन पाउने छन् । सोभन्दा माथि भएका परिवारले प्रतिव्यक्ति ४२५ जम्मा गरे रु १० हजारका दरले उपचार थपिँदै लैजाने व्यवस्था गरिएको छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्रामीण बस्तीमा सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै
Next article पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

Jul 21st 12:26 AM
समाचार

बालबालिकामा हुने मधुमेहको परीक्षण र उपचार निःशुल्क गर्दैछौँ : स्वास्थ्य मन्त्री पौडेल

Jul 12th 11:22 AM
समाचार

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

Jul 12th 8:13 AM
समाचार

नेपाली हेल्थका प्रधान सम्पादक न्यौपानेलाई ब्लोदानको सम्मान

Jul 8th 9:00 AM
समाचार

मंगलबार पनि आकस्मिक बाहेकको उपचार ठप्प, चिकित्सक सडकमा

Jul 5th 8:43 AM
समाचार

चिकित्सक संघले सोमबार आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने

Jul 5th 8:15 AM
समाचार

नेपाल आयुर्वेद चिकित्सक संघले मनायो २८ औं बार्षिकोत्सब

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131699
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web