• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

April 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

इलाम, २२ चैत : इलाममा ३६ हजारभन्दा बढी जिल्लावासीले स्वास्थ्य बीमा गराएका छन् ।स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि हालसम्म जिल्लाका ३६ हजार पाँच जनाले सो बीमा गराएका हुन् । जिल्ला स्वास्थ्य बीमा बोर्डका अनुसार बिमितमध्ये हालसम्म ३० हजार ४०५ जनाले विभिन्न अस्पतालबाट स्वास्थ्य सेवा लिएका छन् ।तेइस हजार ३५५ जनाले इलामका विभिन्न स्वास्थ्य संस्था र अस्पतालबाट सेवा लिएका छन् भने झापाका अस्पतालबाट पाँच हजार ५० र अन्य जिल्लाका अस्पतालबाट दुई हजारले सेवा लिएको बोर्डका कर्मचारी खेमराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले बिमितको संख्या बढेसँगै सेवा समेत थप गरिएको जानकारी दिनुभयो । सेवा लिने बिरामीले एक हजार ११८ प्रकारका औषधि निःशुल्क पाउने व्यवस्था गरिएको उहाँले वताउनुभयो । विगतमा ५३० प्रकारका मात्र औषधि निःशुल्क वितरण हँुदै आएको थियो । पाँच सय ८८ प्रकारका औषधि थप गरी अहिले एक हजार ११८ प्रकारका निःशुल्क औषधि पाउने व्यवस्था भएको जनाइएको छ ।यस्तै बिमितलाई अस्पतालबाट आकस्मिक, अन्तरङ्ग, शल्यक्रिया, बहिरङ्ग, प्रयोगशाला, एमआरआइ सेवा र ४० वर्ष कटेकालाई निःशुल्क स्वास्थ्य जोखिम परीक्षण सेवासमेत दिइँदै आइएको छ ।स्वास्थ्य सेवालाई सहज बनाउन इलामका चार प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क एक्स्रे उपकरण उपलब्ध गराइएको छ । जिल्लाका ग्रामीण क्षेत्र मानिएका फिक्कल, पशुपतिनगर, मंगलबारे र प्याङका प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क उपकरण प्रदान गरिएको उक्त बोर्डले जनाएको छ ।पाँच जनासम्म भएका प्रतिपरिवारले रु दुई हजार ५०० जम्मा गरे एक वर्षभित्रमा रु ५० हजारसम्मको निःशुल्क उपचार गराउन पाउने छन् । सोभन्दा माथि भएका परिवारले प्रतिव्यक्ति ४२५ जम्मा गरे रु १० हजारका दरले उपचार थपिँदै लैजाने व्यवस्था गरिएको छ । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण
Next article ग्रामीण बस्तीमा सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web