• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण

April 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण

काठमाडौँ, २२ चैत  : फोटो पत्रकार पूर्णिमा श्रेष्ठले पाठेघरसम्बन्धी क्यान्सरको रोकथामका लागि सचेतना फैलाउने उद्देश्यले सर्वोच्च शिखर आरोहण गर्नु हुने भएको छ ।महिलालाई लाग्ने उक्त रोगको उपचार खर्चिलो हुने हुँदा त्यसलाई समयमै पहिचान गरी रोकथाम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले गोर्खाकी २७ वर्षीया श्रेष्ठले हिमाल चढ्न लाग्नुभएको हो । यही चैत २३ गते काठमाडौँबाट बेसक्याम्प (लुक्ला) तर्फ जाने र करीब एक महिनाको समयावधिमा आरोहण पूरा गर्ने जनाइएको छ ।आफ्नो कामको सिलसिलामा देशका विभिन्न स्थानमा संग्रह गरेका हिमाल तथा अन्य नेपाली महिलाका महत्वपूर्ण तस्बीरसमेत सगरमाथमा प्रदर्शन गर्ने कायक्रम छ । पत्रकारितामा स्नातकको अध्ययन पूरा गरी पाँच वर्षदेखि फोटो पत्रकारिताको क्षेत्रमा क्रियाशील श्रेष्ठले यसअघि गृह जिल्लामा पर्ने मनास्लुको आरोहण पूरा गर्नुभएको छ ।

पत्रकार श्रेष्ठले पाठेघरको मुखमा हुने क्यान्सरले विश्वका महिलालाई नराम्रो प्रभाव पारेकामा चिन्ता व्यक्त गर्दै नेपालमा पनि यो रोग १५ देखि ४४ वर्ष उमेरका महिलामा क्रमिक रुपमा बढ्दै गएको पाइएकाले समयै उपचारका लागि सन्देश फैलाउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।नेपालमा जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिको समुदायमा पुनः स्थापनामा क्रियाशील संस्था करुणा फाउण्डेशन र रोगीलाई उपचारमा विभिन्न सहयोग उपलब्ध गराउने फिमेल क्यान्सर फाउण्डेशन सहकार्यमा उक्त रोगका बारेमा सचेतना फैलाउन लागिएको छ ।रोग लागिसकेपछि आइपर्ने खर्च, दुःख र पारिवारिक विखण्डन हुनबाट सहयोग पुग्ने भन्दै ती संस्थाले श्रेष्ठको आरोहणलाई सफल बनाउन समन्वय गरिरहेका करुणा फाउण्डेशनका प्रतिनिधि दीपकराज सापकोटाले जानकारी दिनुभयो ।(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किन सबैको रोजाई बन्दैछ भरतपुर अस्पताल
Next article इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web