• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किन सबैको रोजाई बन्दैछ भरतपुर अस्पताल

April 7th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन सबैको रोजाई बन्दैछ भरतपुर अस्पताल

चितवन, २४ चैत : यहाँको सरकारी अस्पतालले सेवा विस्तार गरेपछि निजी अस्पताल र मेडिकल कलेजलाई टाउको दुखाइ बन्दै गएको छ । पछिल्लो समय विशिष्ट सेवा विस्तार गरेपछि बिरामीको पहिलो रोजाइ भरतपुर अस्पताल बनेको छ जसका कारण निजी अस्पताल धाउने बिरामी पनि भरतपुर अस्पताल आउन थालेका छन् ।विसं २०१३ मा स्थापना भएको सरकारद्वारा सञ्चालित भरतपुर अस्पतालमा अहिले १४ वटा विभागमार्फत बिरामीले सेवा पाइरहेका छन् । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार मेडिसिन, सर्जरी, नाक–कान–घाँटी, छाला, स्त्रीरोग, बालरोग जस्ता विशिष्ट सेवा अस्पतालले उपलब्ध गराउँदै आएको छ । साथै न्यूरोसर्जरी, कार्डियो थोरासिस भास्कुलर सर्जरी, जोर्नी प्रत्यारोपण, ग्यास्टो इन्टरलोजी, डाइलासिस जस्ता अति विशिष्ट सेवा पनि अस्पतालले उपलब्ध गराएको उहाँले बताउनुभयो ।

अस्पतालमा २० श्ययाको सघन उपचार कक्ष, १८ श्ययाको जनरल पोष्ट अपरेटिभ वार्ड, १२ श्ययाको प्रसूति पोष्ट अपरेटिभ वार्ड, १२ श्ययाको शिशु सघन उपचार कक्ष र १६ श्ययाको नवजात शिशु सघन उपचार कक्ष सञ्चालनमा छन् । प्रयोगशाला, शल्यक्रियापछि तन्तुको परीक्षण गर्ने हिस्टो प्याथोलोजी सेवा, सिटी स्क्यान, एक्स–रे, भिडियो एक्स–रे जस्ता सेवा पनि अस्पतालमा उपलब्ध रहेका छन् ।

उहाँका अनुसार २०० भन्दा बढीको भिडियो एक्स–रे एकै दिनमा गर्ने गरिन्छ । यसका अतिरिक्त रोग निधानात्मक सेवाका रुपमा एचआइभी÷एड्स, मातृ शिशु, परिवार नियोजनसँगै सामाजिक सेवा इकाई र बीमा कार्यक्रममार्फत अस्पतालले सेवा दिँदै आएको छ । अस्पतालले शैक्षिक कार्यक्रमतर्फ प्रमाणपत्र तह नर्सिङ र स्नातक नर्सिङको पठनपाठन गराउँदै आएको छ । यसका साथै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स)मा एमडी एमएसमा अध्ययन गर्ने विद्यार्थीहरु प्रयोगात्मक कक्षाका लागि यसै अस्पतालमा आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताउनुभयो ।अस्पताल परिसरमा नै नेपाल सरकारको तालीम केन्द्रका रुपमा नियमित तालीम पनि सञ्चालन हुँदै आएको छ । प्रसूतिसम्बन्धी तालीम राष्ट्रिय रुपमा भरतपुर अस्पतालमा नै हुने गरेको छ । अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीका अनुसार चितवनसहित २२ जिल्लाका बिरामीलाई अस्पतालले नियमित सेवा दिँदै आएको छ । दैनिक २० देखि २५ वटा ठूला शल्यक्रिया हुने गरेको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

अस्पतालले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरी अक्सिजन उत्पादन शुरु गरेको छ । त्यसैगरी, अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी सुपथ मूल्यमा औषधि बिक्री गर्दै आएको छ भने विद्युतीय उपकरणबाट लुगा धुने र शव गृहलाई व्यवस्थित रुपमा सञ्चालन गरेको छ । नेपाल सरकारले लागू गरेको विपन्न नागरिक उपचार कोषअन्तर्गत हेड इन्जुरी, मिर्गौला, स्पाइनल इन्जुरी र मुटुरोगको उपचारका लागि सूचीकृत भई यहाँबाट काम शुरु भएको छ । उहाँका अनुसार काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति गराउने अस्पतालका रुपमा भरतपुर अस्पताल पर्ने गर्दछ । गत वर्ष यस अस्पतालमा १४ हजार महिलाले प्रसूति सेवा लिएका थिए ।

अस्पतालले दिनानुदिन अति विशिष्ट सेवा दिँदै आएको भन्दै उहाँले अस्पतालको गुरुयोजना अनुसार ए र बी ब्लक सम्पन्न भइसकेको र सी ब्लकको निर्माण कार्य शुरु भएको जानकारी दिनुभयो । यसपछि आकस्मिक र मातृ शिशृ उपचारका लागि छुट्टै भवन निर्माण गरिने योजना रहेको छ । नेपाल सरकारको ३०० श्यया र अस्पताल विकास समितिको ३०० श्यया गरी ६०० श्यया सञ्चालन हुँदै आएको यस अस्पतालमा अधिकांश समय बिरामीले श्यया पाउन मुस्किल हुने गरेको छ । दिनानुदिन थपिँदो बिरामीको चापलाई ध्यानमा राखेर अस्पतालले श्यया र सेवा विस्तार गर्दै आएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।

गत जेठ महिनामा अस्पतालको १० वर्षे गुरुयोजना स्वीकृत भएको थियो । आउँदो १० वर्षभित्रमा अस्पतालमा अति विशिष्ट सेवा सहितको एक हजार श्यया र नेपाल सरकारको मेडिकल कलेज निर्माण गर्ने लक्ष्य राखिएको छ । हाल अस्पतालमा उपलब्ध सेवा जिल्ला र यस क्षेत्रका निजी अस्पताल र मेडिकल कलेजको भन्दा उच्चस्तरको भएको दाबी राजभण्डारीको छ । यही गतिमा अस्पताल अगाडि बढाउन सकिएमा केही वर्षभित्रमै यस क्षेत्रका बिरामीले चर्काे शुल्क तिरेर निजी अस्पतालमा उपचार गर्नु नपर्ने उहाँले बताउनुभयो । राजभण्डारीले भन्नुभयो, “राजधानी बाहिर पाउने सबै सुविधा अब भरतपुर अस्पतालले दिन सक्छ ।”अस्पतालले सडक दुर्घटनामा परेका घाइतेका लागि पहिलो उपचार केन्द्रका रुपमा सूचीकृत गरी कार्यान्वयन गराउन स्थानीय प्रशासनसँग आग्रह गर्दै आएको छ । जिल्लामा दुई निजी मेडिकल कलेज र २० भन्दा बढी निजी अस्पताल रहेका छन् । (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य दर्पणको छैटौ वार्षिकोत्सवमा ४ चिकित्सक सम्मानित
Next article पाठेघर क्यान्सरको सचेतना फैलाउन सर्वोच्च शिखर आरोहण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web