• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

८० काटेकालाई घरमै पुगेर उपचार

April 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
८० काटेकालाई घरमै पुगेर उपचार

हेल्थ टुडे,
मोरङ, ११ वैशाख ः मोरङको पथरी शनिश्चरे नगरपालिकामा ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई घरमै स्वास्थ उपचारको थालिएको छ । ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि घर घरमा स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत सोमबार तीनवटा वडामा स्वास्थ्य परीक्षण थालिएको हो ।
स्वास्थ्य शाखाको आयोजनामा नगरको वडा नम्बर २, ३ र १० मा परीक्षण थालिएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी गराउनुभएको छ । वडाका जनप्रतिनिधिको पनि उत्साहजन सहभागिता भएको कार्यक्रममा २ र १० नम्बर वडामा १०, १० जना र ३ नम्बर वडामा छ जनाको स्वास्थ्य परीक्षण भएको छ । स्थानीय सरकारले यस्तो कामको थलानी गरेकोमा स्थानियवासी हर्षित छन ।

ज्येष्ठ नागरिकको रक्तचाप, मधुमेह, कानको जाँच, अक्सिजनको मात्रा, नाडीको गति, श्वासप्रश्वास दर, शरीरको तापक्रम, तौलको परीक्षणका साथै खाँदै गरेका औषधि सहितका स्वास्थ्य सल्लाह प्रदान गरिनेछ । स्वास्थ्य संस्थामा उपलब्ध हुने औषधि पनि आवश्यकता अनुसार सँगै प्रदान गरिएको छ ।

प्रत्येक वडामा प्रत्येक महिना एक साताको अवधि छुट्याएर यस्तो चेकजाँच गरिनेछ । ज्येष्ठ नागरिकको स्वास्थ्यसँग नगरपालिका नामक कार्यक्रम अन्तर्गत निर्दे्शिका समेत निर्माण गरी काम थालिएको हो । यो कामको उद्घाटन भने नयाँ वर्षको अवसर पारेर वैशाख १ गते भएको थियो ।
नगरपालिकाले १ नम्बर प्रदेश भरि उपचार गर्न वर्षमा एकपटक अस्पतालसम्म पु¥याउन एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउने क्रार्यक्रमको थालनी वडा नम्बर ३ का ८४ वर्षीय तुलाराम बजगाईंबाट शुरु गरिदैछ । हाल उहाँलाई मुटुको गतिमा समस्या देखिएकाले विराटनगरको नोबेल अस्पतालमा रेफर गरि उपचार भैरहेको छ ।
(रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बुटवलको आम्दामा खोप भण्डार केन्द्र
Next article औलोका विरामी मध्ये आधा भन्दा बढी विदेशबाट फर्केका

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web