• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बुटवलको आम्दामा खोप भण्डार केन्द्र

April 24th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बुटवलको आम्दामा खोप भण्डार केन्द्र

हेल्थ टुडे,
बुटवल, ११ वैशाख ः बुटवल उपमहानगरपालिकाले बुटवलको आम्दामा खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । उक्त भण्डारबाट उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रमा ती खोप वितरण गरिने छ ।
स्थानीय सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्थापना गरिएको सो खोप केन्द्र शुभारम्भ गर्दै नगर प्रमुख शिवरा सुवेदीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हेलचेक्र्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले यस केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको पनि बताउनुभयो ।
उक्त अस्पतालका निर्देशक डा विनोद पराजुलीले सिङ्गो उपमहानगर क्षेत्रका लागि भण्डारण केन्द्र आम्दामै स्थापना गर्न पाउनु आफ्नो संस्थाका लागि समेत गर्वको कुरा भएको उल्लेख गर्दै आवश्यक सहयोग र सहकार्यका लागि आफूहरु तयार रहेको बताउनुभयो ।
उक्त केन्द्रमा बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मी खटिने र उनीहरुले त्यहीबाट निःशुल्क औषधिका बारेमा पनि पैरवी र सहयोगका काम गर्नुका साथै सेवा प्रवाहका बारेमा नगर प्रमुख र स्वास्थ्य शाखा हेर्ने नगरका अधिकारीलाई नियमित जानकारी गराउनेछन् । यो केन्द्रबाट उपमहानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था एवं खोप केन्द्रहरुलाई आवश्यक खोप वितरण गरिनेछ । केन्द्रमा हाल दुई वटा खोप राख्ने फ्रिज जडान गरिएको छ भने अर्को नयाँ फ्रिज ल्याउने तयारी भइरहेको छ । यसअघि खोप लिन भैरहवा जानुपर्ने थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ८० काटेकालाई घरमै पुगेर उपचार
Next article आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134419
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web