• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलामा पाठेघरको समस्या

May 1st, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलामा पाठेघरको समस्या

हेल्थ टुडे,
डोल्पा, १८ वैशाखः जिल्ला अस्पताल डोल्पाले हालै सञ्चालन गरेको पाठेघरको शल्यक्रिया शिविरमा ११ जना पाठेघर पीडित महिलाले निःशुल्क शल्यक्रिया गराएका छन् । दुर्गम हिमाली जिल्ला डोल्पामा पहिलो पटक सञ्चालन गरिएको शिविरबाट जटल समस्याबाट पीडित ती महिलाले गाउँघरमै स्वास्थ्य सेवा पाउँदा हर्षित बनेका छन् ।
आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना नयाँ मानिंदैनथ्यो ।
पूर्व शान्ति मन्त्री तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेट सदस्य समेत रहनुभएकी सत्य पहाडीको विशेष पहलमा डोल्पा पुगेको विशेषज्ञ डाक्टरको टोलीले गत शुक्रबारदेखि तीन दिनसम्म पाठेघर खसेका महिलाको शल्यक्रिया शुरु गरेको हो ।
त्यस्तै मासु पलाएका, पिप जमेका, काटिएकालगायतका आठवटा अन्य जनरल शल्यक्रिया समेत गरिएको जिल्ला अस्पताल डोल्पाका डा अनुप मंगल समालले जानकारी दिनुभयो ।
शिविरमा दुई सयभन्दा बढी पाठेघर खस्ने रोगका पहिलो र दोस्रो चरणका समस्या भोगिरहेका महिलाले शिविरमा जाँच गराएका थिए । डोल्पामा यसरी शल्यक्रिया गरिनु डोल्पाली महिलाका लागि ठूलो अवसर भएको स्थानीयवासी बताउँछन् । शिविर सञ्चालन भएको तीन दिनको अवधिमा मात्रै ३०० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य जाँच गराएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।
जिल्लामै पहिलो पटक सदरमुकाममै पाठेघरको निःशुल्क शल्यक्रिया शिविर शुरु भएपछि जिल्लाका त्रिपुराकोट, सुँ, जिँउ, जुफाल, माझफाल, दुनै लगायतका विकट बस्तीबाट २०० भन्दा बढीपीडित महिला उपचार गर्न सदरमुकाम दुनैस्थित जिल्ला अस्पतालमा पुगेका हुन । शल्यक्रिया गर्नुपर्ने र हुनसक्ने एउटा महिला पनि नछुटेको अस्पतालले जनाएको छ । ७० वर्षया पाठेघरपीडित महिलाको भने शल्यक्रिया हुन नसकेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

पाको उमेरका कारण शल्यक्रियाको भार थाम्न नसक्ने भएकाले शल्यक्रिया नगरिएको अस्पतालको भनाइ छ ।  शल्यक्रियापछि स्वास्थ्य हलुङ्गो महसुस भएको बताउनुहुन्छ त्रिपुरा सुन्दरी नगरपालिका–१ रल्ली बस्ने रुप्सी कुलाल । पाँच वर्षदेखि पाठेघर खस्ने समस्याले ग्रसित थिए, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेको थिएन, पाठघर खस्ने समस्याले सार्वजनिक भेलामा जान समेत समस्या हुन्थ्यो तर अहिले सहज भएको उहाँ बताउनुहुन्छ । उहाँले पूर्व शान्ति मन्त्री पहाडी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरको टोलीलाई समेत धन्यवाद दिनुभएको छ । त्यस्तै जिल्लामै पाठेघरको शल्यक्रिया भएपछि लामो समयदेखि ग्रसित त्रिपुरा सुन्दरी नगरपालिका–४ की मनभुजा धरला पनि खुशीले भावुक हुनुभयो । उहाँको पनि आइतबार पाठेघरको शल्यक्रिया भएको थियो । शल्यक्रियापछि आफ्नो स्वास्थ्यमा सुधार आएको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालमै आयोजना भएको निःशुल्क शल्यक्रिया शिविरमा पाठेघर पीडित सयौँ महिला गाउँगाउँबाट आए पनि उनीहरुको समस्या हेरेर शल्यक्रिया गर्नैपर्ने महिलाको नछुटाई निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको डा अनुपमंगल समालले जानकारी दिनुभयो ।
उहाँले शिविरको अवधि दुई दिन भए पनि उनीहरुको संख्यालाई हेरेर एक दिन थपेर शिविरको अवधि चार दिन पु¥याइएको बताउनुभयो ।
विशेषज्ञ डाक्टर सहित औषधि उपकरण बोकेर डोल्पा पुग्नुभएकी पूर्व शान्ति मन्त्री पहाडीले डोल्पा अस्पताललाई १५ शय्याबाट बढाएर ५० शय्या बनाउनका लागि पहल भइरहेका बताउनुभयो । अस्पतालका वर्तमान समस्याहरु समाधान गर्दै जनतालाई गुणस्तरिय सेवा दिनकोलागि आफू लागिपरेको नेतृ पहाडीले बताउनुभयो ।
जिल्लाका महिलाहरुलाई कामको अत्याधिक भार, असन्तुलित खानपान र धेरै बच्चा जन्माउने भएकाले डोल्पाका ३० प्रतिशत भन्दा धेरै महिलाहरु पाठेघरका समस्या भोगी रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पूरुषको तुलनामा महिलामा मानसिक रोगी बढी
Next article औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका धेरै

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132718
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web