• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

गर्मीमा छालाको चिन्ता छ? यसो गर्नुस्

May 2nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्मीमा छालाको चिन्ता छ? यसो गर्नुस्

काठमाडौ, १९ बैशाखः गर्मी बढेसँगै तपाईंलाई आफ्नो स्वास्थ्यको मात्र नभएर अनुहारको चिन्ताले पनि सताउन थाल्छ । गर्मीमा विभिन्न समस्याहरु देखिने हुदा अनुहारसँग सम्बन्धित चिन्तित हुनु स्वभाविक नै हो । छाला चिल्लो हुने, विमिरा आउने, डन्डिफोर आउने, चाया पर्ने जस्ता समस्या गर्मी मौसमका कमन समस्या हुन । गर्मी मौसममा अनुहार चम्किलो बनाइ राख्न र छालालाई मुलायम बनाइ राख्नका लागि छालालाई पोषणको बढी आवश्यक्ता हुन्छ । घरमै बनाइएको काक्रोको फेश प्याक, गोलभेँडाको रस, बेसार, बेसन, दही र कागतीको रसले बनाइएको फेस प्याक तपाईँको छालाको लागि सबैभन्दा उत्तम हुन्छ ।
यसले तपाईँको छालामा निखार आउनुका साथै चम्किलो पनि बनाइ राख्नमा मद्दत गर्छ । तरभुज, काक्रो, स्ट्रोबेरी र आलूको प्रयोगले घर बसेरै फेशियल गर्न सकिन्छ । यि सबै सामानलको प्रयोगले तपाईँको अनुहारमा ताजगीको अनुभव हुनुका साथै छालालाई स्वस्थ राख्ने काम गर्छ । गोलभेँडा फेश प्याक गोलभेँडाको रस छालामा भएको सनवर्नलाई हटाउनमा धेरै नै मद्दत गर्छ । यसले छालालाई कोमल, चम्किलो बनाउनुका साथै रंग पनि सफा गर्छ । गोलभेँडालाई कपालमा पनि प्रयोग गर्न सकिन्छ । यसले कपालमा चमक ल्याउनुका साथै घामबाट पनि सुरक्षा प्रदान गर्छ । छालालाई हानिकारक पाराबैगनी किरणबाट जोगाइ राख्नका लागि गर्मीको समयमा विशेष ध्यान दिनुपर्छ ।
कागती फेश प्याक एउटा कागतीलाई दुई टुक्रा बनाएर काट्ने । आधा टुक्रालाई अनुहारमा गोलकार रुपले घुमाउँदै मल्ने । कम्तिमा पाँच मिनेट सम्म यो अभ्यास गर्नुपर्छ, त्यसपछि चिसो पानीले अनुहार धुने । कागतीको रस भिटामिन सी ले भरपूर हुन्छ । जसले छालाको कालो रंगलाई गोरो बनाउँछ ।
साथै दही र बेसारको पेस्ट पनि प्रयोग गर्न सकिन्छ । काक्रोको ओभरनाइट फेश प्याक काक्रोको फेस प्याक बनाउनका लागि सबैभन्दा पहिले मिक्सरमा काक्रोको रस निकाल्ने । त्यसपछि काक्रोको रसमा गुलाब जल र ग्लिसिरीन समान मात्रामा मिसाउने । पेस्टलाई धेरै पतलाो नबनाई बाक्लो नै रहन दिने । अब उक्त पेस्टलाईँ राति सुत्नु भन्दा पहिले अनुहारमा लगाउने र रातभरि रहन दिने । बिहान उठेर सफा पानीले अनुहार धुने र हातले थपथपाएर सुकाउने । केही दिन मै तपाईँले आफ्नो अनुहारको रंगमा धेरै नै परिवर्तन भएको अनुभव गर्न सक्नु हुने छ । घ्यूकुमारी, काक्रो र चन्दनले बनेको फेस प्याक प्रयोग गर्नाले छालमा भएको कालोपना हटाई चम्किलो बनाउँछ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डब्लूएचओद्वारा नेपालसँगको पाँच वर्षे रणनीति सार्वजनिक
Next article सन् २०३० भित्र संसारबाटै रेबिज उन्मूलन गर्ने प्रतिबद्धता

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

140
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web